१२ कार्तिक २०८३, बिहिबार

सांसद चौधरीको पुस्तक सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manju-Kuamri-Chaudharyउदयपुर, ६ मंसिर । संबिधान सभा सदस्य तथा व्यवस्थापिका सांसद मन्जुकुमारी चौधरीले नेपालको संबिधान २०७२ निर्माणमा आफुले खेलेको भुमिकाका बिषयलाई समेटेर एक पुस्तक सार्वजानिक गरेकी छिन् ।

शनिबार उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित नेपालको संबिधान २०७२ जनताको सरोकार, चुनौती, अवसर तथा सांसदको भुमिका र आगामी कार्यभार बिषयक विचारगोष्ठीमा चौधरीले आफ्नो पुस्तक सार्वजानिक गरेकी हुन् ।

पुस्तकमा चौधरीले उदयपुर क्षेत्रनं २ मा नेकपा एमालेकोतर्फबाट संबिधान सभा सदस्यमा निर्वाचित भएदेखि संबिधान घोषणा भएसम्ममा आफुले खेलेको भुमिकालाई समेटेकी छिन् । १६ पृष्ठ लामो पुस्तकमा चौधरीले संबिधान सभा तथा व्यवस्थापिका संसदको विभिन्न समितिमा आफ्नो जिम्वेवारी, भुमिका, अधिकतमा गरिएका सहमति, संबिधानका मुलभुत बिषयबस्तु लगायत समेटिएको छ ।

पुस्तकमा संघात्मक व्यवस्थाः संघ प्रदेश र स्थानीय सरकार, कार्यकारी प्रधानमन्त्री, राज्यका सबै अङ्गमा समानुपातिक सहभागिताको व्यवस्था ४५ प्रतिशत आरक्षण र ५५ प्रतिशत खुल्ला, गणतन्त्र, संघीयता, धार्मिक स्वतन्त्रता र संरक्षण सहितको निरपेक्षता, भुगोल नछुटने गरी जनसंख्याको आधारमा क्षेत्र निर्धारण र प्रतिनिधित्वको व्यवस्था, कोहीपनि नेपाली नागरिकताबाट वञ्चित हुन नपर्ने हक प्राप्त भएको, समाजबाद उन्मुख राज्य व्यवस्था र आर्थिक प्रणालीलगायत ४३ वटा बुँदालाई संबिधानमा मुलभुत बिषयबस्तुको रुपमा लिइएको छ ।

त्यसैगरी पहिलो संबिधान सभाबाट सहमति भएका बिषयवस्तु, पहिलोबाट आएका जनताका सुझाब संकलन, दोस्रो संबिधान सभाबाट विभिन्न ५ वटा समितिहरुको प्रतिवेदन, चार दलद्धारा निर्माण गरिएको १६ बुँदे सहमति लगायतका ११ वटा बुँदालाई संबिधान निर्माणका लागि तय गरिएका आधारहरुको रुपमा लिइएको छ ।

समुदायको हकहित संरक्षण र विकासका लागि गठन भएका महिला, आदिबासी जनजाती, थारु, दलित, मधेसी, मुस्लिम संबैधानिक आयोग, सामुदायिक आयोगका हकअधिकार, उपलब्धिलाई पनि नयाँ संबिधानले प्रमुखताका साथ लिएको जनाइएको छ । यसैगरी नागरिकता भाग २, किसान, श्रमिक, महिला, दलित, जेष्ठ नागरिक हकलाई पनि लिपिबद्धरुपमा जोड दिइएको छ ।

पुस्तकमा संबिधान लेखनको सुरुचरणमा एमाओबादी असहयोगका कारण प्रजातान्त्रिक शक्ति नेपाली काँग्रेससँग सहकार्य गर्नु परेको लेखिएको छ । त्यस्तै संबिधान सभा सदस्यमा विजयी भएपश्चात प्रतिद्धन्द्धी नेपाली काग्रेसका उम्मेदवार प्रमिला राईले धाँधली भयो भन्दै सर्वोच्च अदालतमा दिनु भएको मुद्दामा सफलता हातपारेको लगायतका गतिबिधि समेटिएकाछन् ।

कार्यक्रममा सांसद चौधरीले नयाँ संविधानमा जनताको अधिकार बारे सूसुचित गर्न आफु आफ्नो क्षेत्र आएको जानकारी दिईन । संविधान घोषणा भएको दुई महिना वितिसक्दा पनि संविधानमा अन्तरबस्तुहरु जनतासंग नपुग्दा जनतासँग अन्योलता रहेकाले आफु आफ्नो क्षेत्रमा आएको उनले स्पष्ट पारिन ।

उनले नयाँ संविधानले जातजाती, भाषाभाषी, धर्म, संस्कृतिलगायत सबै पक्षको प्रतिनिधित्व गरेकोले तराई लगाएत विभिन्न जिल्लाहरुमा संविधान माथि नकारात्मक टिका टिप्पणी र आन्दोलनको कुनै अर्थ नरहने बताईन ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य जगन्नाथ खतिवडा, लेखा आयोग सचिब बिष्णुबहादुर राउत, एमाले जिल्ला अध्यक्ष इश्वरमणि राउत, सचिवालय सदस्य खड्ग परियारले बोलेका थिए । कार्यक्रममा पार्टीका अग्रज तथा जिल्ला नेता, विभिन्न जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधि, केन्द्रीय सदस्य लगायत पाँच सयको संख्यामा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।