१२ कार्तिक २०८३, बिहिबार

काभ्रेमा भीरबाट ट्रक दुई सय मिटर तल खस्यो, तीनको अवस्था गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mini-Truckकाभ्रे, ५ कात्तिक । काभ्रेमा ट्रक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार साँझ काभ्रेको रविओपी १ मा बा २ ख ३७४२ नम्बरको पराल बोकेको ट्रक भीरबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।

पराल बोकेर गाउँतर्फ जाँदै गरेको अवस्थामा ट्रक दुर्घटना भएको र घटनाको कारण खुल्न नसकेको ट्राफिक प्रहरी निरीक्षक इन्सपेक्टर दीपक खड्काले जानकारी दिनुभयो ।

इन्सपेक्टर खड्काका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।