– अर्जुन सिंह
(झलारी)कञ्चनपुर, ५ मंसिर । नेपाल विद्युत प्राधिकरण झलारी फ्युज सेवा अन्तरगत नियमित प्रसारण हुदै आएको विद्युत कर्मचारीले मनपरी रुपमा विद्युत लाइन अबरुद्ध गर्ने गरेको छन् ।
बिहिबार झलारीको त्रिलोचन आयल स्टोरमा पेट्रोल लिन उपभोक्ताहरु लाईनमा बसेका बेला आफुले पेट्रोल नपाए पछि रिसको झोकमा झलारी फ्युज सेवाका प्राविधिक भवानी रावतले विद्युत अबरुद्ध गरेका हुन ।
विद्युत प्राधिकरण झलारी फ्युज सेवाको प्राविधिक पदमा कार्यरत भवनी रावतले मनपरि ढंगबाट नियमति प्रसारण हुँदै आएको विद्युत लाइन खानपिनको लोभमा काट्ने गरेको स्थानियहरुले आरोप लगाएका छन् । भारतको नाकाबन्दिले पेट्रोलियम पदार्थको अभावमा पेट्रोल लिन लाईनमा बसेका बखत विनाकारण विद्युत कटौती गरेको भन्दै बिहीबार स्थानियहरुले कलुवापुर सबस्टेशनमा घेराउ गर्नुका साथै मनपरि विद्युत कटौती गर्ने कर्मचारी माथि कारबाहिको माग गर्दै नाराबाजी गरेका थिए ।
झलारी क्षेत्रमा नियमित रुपमा विद्युत प्राधिकरणले गर्दै आएको लाइन विहिबारका दिन एक्कासी लोडसेडिङ्को समय तालिका भन्दा ५० मिनेट अघि आफुखुशी विद्युत अबरुद्ध पारिएको थियो । कर्मचारीहरुले विभिन्न समयमा आफु अनुकुलहुने गरि विद्युत अबरुद्ध गर्दै आएका छन् । यसरी समय समयमा विद्युत अवरुद्ध गर्ने,तार तथा पोल वेचेर खाने ेर अनुमती विना विद्युत क्षमता वढाउने घटाउने जस्ता कार्य हुदै आएको छ । ‘झलारी क्षेत्रमा खासै ‘लोड तथा ओभर लोड’ को समस्या नभए पनि कर्मचारीहरुले आफु खुसी विद्युत अबरुद्ध पार्ने गर्छन ।’ स्थानिय मदनराज भट्टले भन्नुभयो । भट्टका अनुसार ‘बेला बेलामा कर्मचारीहरुले अनियमित रुपमा विद्युत कटौती तथा अबरुद्ध पार्ने मात्र होईन, आफु अनुकुलको स्थानबाटै विद्युत लाईन अबरुद्ध पार्दा दैनिक काम काजमा नराम्रो बाधा पर्ने गरेको छ ।
सम्बन्धित निकाय तथा स्थानमा विना जानकारी नै विद्युत लाईन काटिदिदाँ तथा अबरुद्ध गर्दा यस क्षेत्रका साना ठुला सर्यौ उद्योग र पसलहरुमा असर पर्ने गरेको छ । झलारी फ्युज सेवा अन्तरगत तिन जना प्राविधिकहरु खगेन्द्र भट्ट, भवानि रावत र गोविन्द क्षेत्री (ज्यालादारी) कार्यरत रहेका छन । भने दुई जना ज्यालादारीमा मिटर रिडर र एक जना कलुवापुर सबस्टेशनमा ज्यालादारीमा हेल्पर रहेको फ्युज सेवा झलारीका ईन्र्चाज खगेन्द्र भट्टले जानकारी दिनुभयो ।
यस क्षेत्रमा झण्डै छ हजार विद्युत मिटरहरु रहेका छन् । सेवाग्राहीहरुका मिटर समयमा नै ‘रिडिङ’ नहुने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । नियमित मिटरहरु ‘रिडिङ्’ नहुदाँ विद्युत महशुल बुझाउँदा सेवाग्राहीहरु झुक्कीने गरेका छन् । समस्याका विषयमा सम्बन्धित कार्यालयमा जानकारी गराउँदा पनि कुनै पहल नगरिएको सेवाग्राही जगत चौधरीले बताए ।
अस्तव्यस्त कार्यालय भवन र गुनासो नसुन्ने तथा विना कारण आफु खुसी विद्युत अबरुद्ध पार्ने समस्याले सेवाग्रीहरु हैरान भएका छन् । यस क्षेत्रमा सामुदायिक तिरका तिन हजार बढी विद्युत मिटरहरु रहेका छन् ।
झलारी क्षेत्रमा हाल नेपाल विद्युत प्राधिकरणले दैनिक ५ घण्टा लोडसेडिङ् गर्दै आएको छ । नियमित प्रसारण हुदै आएको विद्युत अबरुद्ध गर्न नपाउने र गर्नै पर्ने भए सम्बन्धित निकायमा जानकारी पछि विद्युत लाईन काटनपाईने व्यवस्था रहेको छ ।















प्रतिक्रिया