१२ कार्तिक २०८३, बिहिबार

‘बाबुराम भट्टराईको आत्मघाती निर्णय’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattaraiपोखरा, ५ मङ्सिर । उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले द्रुत मार्गबाट काम गरेर एक वर्षभित्र देशलाई विद्युत् भार कटौती मुक्त गरिने वताउनुभएकोे छ ।

एकीकृत नेकपा (माओवादी) कास्कीका कार्यकर्ताहरुसँग आज यहाँ भएको भेटघाटमा उहाँले देशमा वैकल्पिक ऊर्जाको विकासबाट इन्धनको क्षेत्रमा उथलपुथलको परिवर्तन गर्ने र १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

जलविद्युत् उत्पादनको क्षेत्रमा एक महिनामा नयाँ आधारभूत परिवर्तन आउने र देशमा तीन वर्षे ऊर्जा सङ्कटकाल घोषणा गरिने मन्त्री रायमाझीले उल्लेख गर्नुभयो ।

उहाँले डा बाबुराम भट्टराईले पार्टी छोडेर आत्मघाती काम गरेको र उहाँले जनता, राष्ट्र र पार्टीलाई समेत धोका दिएको आरोप लगाउनुभयो ।
आफ्नो ४२ वर्षे राजनीतिक जीवनमा ३२ वर्ष डा बाबुराम भट्टराईसँग काम गरेको अनुभव सुनाउँदै एकीकृत नेकपा (माओवादी)का नेता मन्त्री रायमाझीले पार्टी परित्याग गर्ने बेलामा डा भट्टराईले आफूलाई कुनै जानकारी नदिएको बताउनुभयो ।

रायमाझी बाबुरामका नजिकका विश्वास पात्र हुनुहुन्थ्यो । रासस