१२ कार्तिक २०८३, बिहिबार

झापामा १०२ बर्षिय बृद्धले जन्मदिन मनाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hari-Wagleझापा, ५ मंसिर । झापा बुधबारेका १०२ वर्षिय अग्रज हरिप्रसाद वाग्लेले शनिबार आफ्नो १०२ औं जन्म दिन परिवारका साथ मनाएका छन् ।

एक शताव्दी २ वर्ष पार गरि १०३ औं वर्ष प्रवेश गरेका उनले परिवारका सदस्य छरछिमेकीको साथमा आफ्नो जन्म दिन मनाएका हुन् । इलामको पञ्चकन्या गाविसमा १९७० साल मंसिर ५ गते बुबा स्व. प्रभाकर तथा आमा स्व.धनमायाको कोखबाट जेठा छोराको रुपमा जन्मिएका उनी हाल झापाको बुधबारे१ स्थित आफ्ना कान्छा छोरा बेदप्रसादको साथमा बस्दै आएका छन् ।

होचो कदका हरिप्रसाद अझै पनि शारिरिक रुपमा फुर्तिला छन् । विहान अवेरै उठेर ३ घण्टा पुजापाठ र ध्यानमा मस्त रहने गरेका छन् । मिलनसार मिजाशिलो स्वाभावका उनी सानै देखि परिश्रमी थिए । सानोछँदा कानमा कुण्डलसमेत लगाएर अल्लारे हुँदाको मज्जा बटुलेका उनी परिवारको अथाह प्रेमले सन्तुष्ठ रहेको बताउँछन् ।

राणा शासन, राजाको शासनदेखि जनताद्धारा जनताकै लागि जनताले नै बनाएको संविधानको समेत भोग्न पाएका उनले देशका महत्वपूर्ण राजनीतिक घटनाक्रमलाई नजिकबाट नै नियालेका छन् । २ सन्तानका रुपमा जन्मलिएका उनका एक भाई पनि थिए । बुधबारे ३ मा आफ्ना माइला छोरा टंक वाग्लेकोमा बस्दै आएका उनका भाई जयनारायणको भने केही बर्ष अघि नै निधन भएको थियो । उनले आफ्नो आयु यतिको हुनुमा भगवानको ध्यान, आफू भलो त जगतै भलो सम्झने मन र शाहाकारी भोजन नै हुन सक्ने बताएका छन् ।