१२ कार्तिक २०८३, बिहिबार

सामान्य प्रशासनमन्त्री शर्मा र राप्तीका पत्रकारहरूबीच परामर्श

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rekha-Sharma-Minister-430x316काठमाडौं, ५ मंसिर । सामान्य प्रशासनमन्त्री रेखा शर्माले राप्ती अञ्चल घर भइ राजधानीमा पत्रकारिता पेशा गर्दै आएका पत्रकारहरूसँग समग्र विषयमा परामर्श गर्नुभएको छ ।

ललितपुरको पुल्चोकस्थित आफ्नै सरकारी निवासमा आज (शनिबार) मन्त्री शर्माले राप्ती अञ्चलको विकास र प्रगतिका विषयमा आफ्नो तर्फबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा पत्रकारहरूसँग परामर्श गर्नुभएको हो ।

मन्त्री शर्माका प्रेस सल्लाहकार विनोद घिमिरेले सबै क्षेत्रसँग छलफल गर्ने क्रममा राप्ती अञ्चलका पत्रकारहरूसँग पनि सामान्य छलफल गरेको जानकारी दिनुभयो ।

‘सामान्य प्रशासन मन्त्री ज्यूले सबै क्षेत्रका व्यक्ति र प्रतिनिधिसँग आफ्नो मन्त्रालयका विषयमा गर्न सकिने सुधार र कामका विषयमा सुझाव लिँदै आउनुभएको छ’, सल्लाहकार घिमिरेले भन्नुभयो, ‘यसै क्रममा राप्ती अञ्चलका पत्रकारहरूसँग पनि त्यस क्षेत्रका विकासका विषयमा परामर्श गर्नुभएको हो ।’

मन्त्री शर्मासँगको छलफलमा नेपाल टेलिभिजनका पत्रकारद्वय रेवन्त ओली र निराजन खनाल, दैनिक नेपाल डटकमका विमल योगी (विनोद), इमेज टेलिभिजनका भुवन भट्ट, कान्तिपुर एफएमका दिनेश पाण्डे, थाहा सञ्चारका बोमलाल गिरी, सगरमाथा टेलिभिजनका सतीश सुवेदी, कान्तिपुर दैनिकका गंगा विसी, दी काठमाडौं पोष्ट दैनिकका विनोद घिमिरे, नेपालवाणी रेडियो नेटवर्कका मुक्तिबाबु रेग्मी, पत्रकार नवीन भिषास, सचिन रोकालगायत झण्डै दुई दर्जन पत्रकारहरूको सहभागिता रहेको थियो ।