१२ कार्तिक २०८३, बिहिबार

देउसी-भैलोबाट उठेको रकमले छात्रावास निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Duusi1_resized_5

उदयपुर, ५ मंसिर । उदयपुर जिल्लाको मध्य पहाडी गाविस डुम्रेस्थित मावि जल्केनिका पूर्व विद्यार्थीहरुले तिहारमा देउसी-भैलो खेलेर सङ्कलन गरेको नगद रकमबाट स्थानीय विद्यालयमा छात्रावास निर्माण गर्ने भएका छन् ।

डुम्रे जल्केनी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरुले तिहारमा भलायडाँडा-७ सिम्लेस्थित विभिन्न केन्द्र बनाई देउसी तथा भैलो खेलेर सङ्कलन गरेको रकमलाई सोही माविमा छात्रावास निर्माणमा खर्च गर्न लागिएको जल्केनी पूर्व विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष तथा जल्केनी माविका पूर्वविद्यार्थी कुलराज राईले बताए ।

यस्तै, विद्यार्थी समाजका तर्फबाट तथा मावी जल्केनिका शिक्षकहरूबाट समेत छुट्टै नगद सङ्कलन गरिएको छ भने गत बर्ष पनि देउसी भैलो खेलेर नगद संकलन गरिसकेको छ । यसरी सङ्कलन गरिएको नगद र स्थानीय अभिभावकहरुको श्रमदानबाट समेत गरी विद्यालयका लागि छात्रावास निर्माण गर्ने अभियान थालिएको छ ।

छात्रावास निर्माणका लागि संस्थाको केन्द्रीय उपाध्यक्ष सोनाम राईसँग छुट्टै जग्गासमेत खरिद गर्ने सहमति भएको संस्थाको स्थानीय अध्यक्ष डिकराज राईले बताए । छात्राबास निर्माणपछि सिम्ले, ढुङ्ग्रे जस्ता टाढाको विद्यार्थीहरुको अध्ययनमा सहजता हुने मावि जल्केनिका शिक्षकहरुको भनाइ छ । हाल उक्त ठाउँहरुबाट करिब २/३ घन्टाको पैदल दूरीमा विद्यार्थीहरु विद्यालय आइरहेका छ्न् ।