१२ कार्तिक २०८३, बिहिबार

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

महेन्द्रनगर, ५ मंसिर । पूर्व पश्चिम राजमार्गकोे कञ्चनपुरको झलारी–कलुवारपुर खण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

धनगढीबाट भीमदत्तनगर आउँदै गरेको से२प ४१९१ नम्बरको मोटरसाइकल कलुवापुरमा दुर्घटना हुँदा मोटरसाइकल चालक डडेल्धुराको भद्रपुर गाविस–९ का २१ वर्षीय शिवराज पाण्डेयको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका पाण्डेयको उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर सेठीले बताउनुभयो ।

प्रहरीका अनुसार मृतक डडेल्धुरा स्थायी घर भए पनि धनगढी बस्दै आएका थिए । रासस