३० आश्विन २०८३, शुक्रबार

लुम्बिनी-कपिलवस्तु विश्व दिवस अभियानको अन्तर्राष्ट्रिय सम्मेलनको अन्तिम तयारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lumbini tour in nepal
बेल्जियम । भगवान बुद्धको जन्मस्थल लुम्बिनी, नेपालको प्रचार प्रसार र प्रवर्धन अन्तर्राष्ट्रिय मन्चमा गर्ने उद्देश्यले बेल्जियममा हुन गईरहेको अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।
लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियान र नेपाल सरकार लुम्बिनी विकाश कोषको संयुक्त आयोजनामाहुन् गैरहेको सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो । युरोपियन युनियनको राजधानी ब्रसेल्समा मङ्सिर १४ र १५ गते दिन सम्मेलन हुन् गैरहेको छ ।
अन्तर्राष्ट्रिय मञ्चमा भगवान् बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार तथा सोसम्बन्धी भएका विवादलाई निस्तेज पार्नु र बेल्जियममा बुद्धको दर्शनलाई आधिकारिक मान्यता दिलाउने लक्ष्यअनुरुप लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा सम्मेलन गर्न लागेको हो ।
अभियानले अन्तर्राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर ३ नोभेम्बरका दिन युरोपियन इन्स्टिच्युट फर एसिएन स्टडिजको सभाकक्षमा एक सेमिनार सम्पन्न गरिसकेको छ ।
अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको मूल संयोजकत्वमा २३ सदस्यीय आयोजक समिति रहेको छ. जसमा सहप्राध्यापक डा बालगोपाल श्रेष्ठ नेदरल्यान्ड, हरिप्रसाद पौडेल नेदरल्यान्ड, हरिहर अर्याल फ्रान्स, हेमन्त उपाध्याय फ्रान्स, डा यज्ञ अधिकारी जर्मनी, डा महेश्वर रुपाखेती जर्मनी, ढकराम भण्डारी जर्मनी, विमलबाबु उपाध्याय लक्जेम्वर्ग, युवराज गुरुङ बेल्जियम, गङ्गाधर गौतम बेल्जियम, चित्र सुवेदी बेल्जियम, अर्जुन गुरुङ बेल्जियम, सन्तोष जोशी बेल्जियम र डा रवि पन्त बेलायत रहनुभएको छ ।
यसअघि २५५९ औँ बुद्ध जयन्तीको अवसरमा गत मे महिनाको ४ र ५ मा  गर्ने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन वैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पका कारण स्थगित गरिएको थियो ।