३० आश्विन २०८३, शुक्रबार

चार देशबीचको आवागमनसम्बन्धी सम्झौता कार्यान्वयनमा आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadak-bhdjetकाठमाडौँ, ४ मङ्सिर । उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले भेटी जापान सरकारको सहयोगमा सञ्चालित विभिन्न विकास आयोजना, सूर्यविनायक– धुलिखेल सडक तथा नागढुङ्गा सुरुङ निर्माणलगायत क्षेत्रमा सहयोग उपलब्ध गराउने विषयमा छलफल गर्नुभएको छ ।

त्यसै गरी नेपालका लागि बङ्गलादेशका राजदूत मासफी विन्टे साम्सले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयका कार्यकक्ष सिंहदरबारमा भेटी ढाकादेखि काठमाडौँसम्मको सवारी आवागमन चाँडै सुरु हुने जानकारी दिनुभयो । उहाँले दक्षिण एसियाका चार मुलुक बङ्गलादेश, भुटान, भारत र नेपालबीच बिनाअवरोध सवारी आवागमनसम्बन्धी सम्झौता यथाशीघ्र कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्री गच्छदारले दुवै राजदूतलाई मुलुकमा उत्पन्न पछिल्लो अन्तरिक समस्या समाधानका लागि सरकार र राजनीतिक दलल पहल गरिरहेको र चाँडै समाधान हुने विश्वास दिलाउनुभएको थियो । रासस