केही दिन यता गैर आवासीय नेपाली संघ (एनआरएन) र अध्यक्ष शेष घलेबारे केही कुरा बहिर आएको अवस्थामा मेरो आफ्नो बिचार यो समयमा राख्नु उपयुक्त होला भनेर भूमिका नबांधी ठाडो भाषामा पस्कने प्रयास गरेको छु ।
हुन त यस्ता कुरा भर्खरै नियुक्त हुनु भएकी एनआरएनकै प्रबक्ता रन्जु वाग्लेले सबै प्रस्ट पार्नुपर्ने हो भन्ने मेरो बुझाई तर यती धेरै दिनसम्म पनि त्यसो भएको छैन् । एनआरएनको एक अभियन्ता र एक संचारकर्मीको हैसियतले मेरो कुरा राख्ने प्रयास गर्दै छु ।
उधुमै भयो भनेर प्रचार गरिएका, देखिएका कुरा र भनिएका कुरामा जम्मा जम्मी ४ थरी चर्चा छन् । पहिलो, भर्खरै नियुक्ति गरिएको भनिएको सदस्य तथा सल्लाहकार लगायतको बारे, दोस्रो ति नियुक्ति बिधान सम्बत् भयो या भएन भन्ने बारे, तेस्रो आफ्नै श्रीमतीलाई समेत नियुक्तिका लागि नाम प्रस्ताब गरे भन्ने कुरा, अन्तिममा यी सबै कुरामा महासचिबको असन्तुष्टि भयो भन्ने कुरा ।
सबै भन्दा पहिलो कुरा एनआरएनएका महासचिब डा बद्री केसीको असन्तुष्टि भयो भन्ने कुरा मान्ने अधिकारिक आधार आज यो मेरो कुरा लेखिरहंदाको समय (१९ नोवेम्बर, २०१५), प्यासिफिक समय अनुसार साँझ ८ः३० बजे सम्म कतै देखिएको अवस्था छैन । न बद्री केसीले बक्तब्य दिएको अवस्था छ, न उनले कुनै सामाजिक संजालतिर लेखेको अवस्था छ । कुनै छलफल हुनु कुनै पनि कारणले अनर्थ होइन । अर्को कुरा एनअरएन जस्तो गरिमामय संस्थाको महासचिबले यस्तो कुरा गरेर जाने कुरा आउँदैन । होइन भने डा बद्री केसी को अधिकारिक कुरा आधिकारिक रुपमा बहिर आउनुपर्यो । अब कुनै आधिकारिकता बिना उहाँबारे कुरा गर्नु बेकारको समय नष्ट हो ।
दोस्रो कुरा महासचिबको कुरा अध्यक्षले गरे भन्ने कुरा कसैले पनि आधिकारिकता दिएका छैनन । यस्तो खालको नियुक्ति अध्यक्षले नै प्रस्ताब गर्ने हुन, कुन चाँहि अनर्थ भयो त ? यो बिबादको बिषय नै होइन । किन बरालिन्छौ हामी ?
तेस्रो कुरा, गरिएको भनिएको नियुक्ति बिधानत भयो या भएन या निर्वाचनमा पराजित हुनेलाई नियुक्ति गर्न हुने या न हुने भन्ने कुरा आएका छन् । निर्वाचनमा पराजय भएकालाई सामान्यतया नियुक्ति गर्नु राम्रो होइन भन्ने मान्यता या बिचार नराम्रो होइन र हामी पनि त्यसै भन्दैछौ तर सबै जसो संस्थामा कुनै न कुनै रुपमा यस्ता नियुक्ति भएका छन र हामीले देखेका छौ । तत्कालको निर्वाचनबाट पराजय हुनेहरुलाई नियुक्ति गर्न हुन्न भनेर बिधानमा लेखौ भन्दा सो समयमा मान्दैनन र पछि बिबाद गर्छन् । यो बिबाद गर्ने बानी परेका तर श्रीजनात्मक बिचार कतै नदिनेहरुको स्वभाव हो । जब बिधानमै प्रबन्ध छैन बिबाद किन ?

चौथो आफ्नै श्रीमतीलाई सदस्यमा नाम प्रस्ताब गरे भन्ने कुरा । पहिलो त योग्यता पुगेको मान्छे रोक्ने कुरा हुन्न र को थियो भन्ने भन्दा पनि सक्षम थियो या थिएन भन्ने हो । जमुना गुरुङ योग्य, सक्षम र शेष घलेसगै पूरा समय एनआरएनमा लागि परेको अभियन्ता हो जसले उनका काम, योगदान र क्षमतालाई नजिकबाट हेरे बिबादै गर्दैनन । यो पनि चर्को बिबादको बिषय होइन केबल गुनासो हो ।
कुरा गरौ बिधानसम्मत नियुक्ति भयो या भएन भन्ने कुराको । बिधानको धारा २२ को उपधारा १४ को बुंदा १ मा मनोनित सदस्यबारे यसो भनिएको छ– अन्तर्राष्ट्रिय समन्वय परिषदले कम्तिमा पाँच जना महिला प्रतिनिधिसहित बढीमा १५ जनासम्म सदस्यहरु मनोनित गर्न सक्नेछ । यी सदस्यहरुको पदाबधी परिषदको पदाबधी समाप्त भएपछि स्वतः समाप्त हुनेछ । अब ति ब्यक्तिहरुबारे अन्त कतै निर्वाचनमा पराजितलाई नियुक्त गर्न नहुने भन्ने ब्यबस्था छैन । यो बिषय बिधान सम्मत भएन भन्ने कुरा सत्य होइन केबल पराजय भएकालाई नियुक्ति नगर्दा राम्रो हुने भन्ने बिचार मात्र हो, बिधान होइन ।
अब बिट मार्नु अगाडि मलाई के भन्नै मन लाग्दै छ भने, यो सबै कुरा संस्थाका आधिकारिले बाहिर लिएर आएका, आफ्नो अनुकुल नहुँदा गुनासो छताछुल्ल गरेका हुन भने गोपनीयताको संकट बुझौ । होइन भने काम नगर्ने केबल कचरी गर्नेहरुले शेष घलेप्रति गरेको बिष बमन हो ।













प्रतिक्रिया