जापान । जापानमा रहेका नेपालीहरुमाथि आइपर्ने आपतकालीन समस्या समाधानकालागि एनआरएनए जापानले राहतकोष स्थापनालाई तिब्रता दिएको छ ।
यसकालागि एनआरएन जापानले मह जात्रा–२०१५ को आयोजना गर्ने भएको छ । जापानमा रहेका नेपालीहरुलाई अपर्झट् रुपमा आइपर्ने समसया समाधान गर्नका लागि एनआरएन जापानले राहत कोष स्थापना गर्ने तयारी गरेको हो ।
आपतकालीन राहत कोष स्थापनाकालागि आयोजना गर्न लागिर्एको च्यारिटी शोमा नेपालका ख्यातीप्राप्त हास्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको सहभागिता रहनेछ ।
आगामी डिसेम्बर २० तारिक टोकीयो, नाकानो स्थित नाकानो जिरो हलमा उक्त कार्यक्रमको आयोजना गरिने एनआरएनए जापानका अध्यक्ष तथा कार्यक्रम संयोजक सुदन थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा मह जोडीका साथै अन्य चर्चित कलाकारहरुको पनि सहभागिता रहने छ ।
कार्यक्रममा चर्चित पुर्व मिस टीन नेपाल तथा नायिका प्रियंका कार्की , नेपाली क्रिकेट कप्तान पारस खड़का , चर्चित लोक गायक बम बहादुर कार्की, यमन श्रेष्ठ, मोहीत आचार्य, नरेन्द्र कंशाकार लगायतका चर्चित कलाकर्मी तथा मोडलहरुको सहभागिता रहनेछ ।
उक्त कार्यक्रमबाट उठेको रकम एनआरएन जापानले स्थापना गर्ने आपतकालीन राहत तथा उद्दार कोषमा जम्मा गरिने छ ।
यसका साथै अध्यक्ष थापाले यस बृहत उधेश्यका साथ आयोजना गर्न लागिएको कार्यक्रमलाइ सफल पार्न सदा झैँ जापानबासी नेपाली समुदाय, क्रियाशील संघ सस्थाहरुको महत्वपुर्ण सहयोगको अपेक्षा सहित आ(आफ्नो ठाउ बाट सहयोग गर्नु हुन पनि अनुरोध गर्नु भएको छ ।















प्रतिक्रिया