१२ कार्तिक २०८३, बिहिबार

चोरको रड प्रहारबाट दाङमा बैंकका म्यानेजर गम्भिर घाइते, अभियुक्त पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakrau

– सुधासुमन ढकाल

दाङ, ३ मंसिर । दाङको लमहीमा चोरको रड प्रहारबाट बैंकका म्यानेजर गम्भिर घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

चोरी गर्नका लागि घरभित्र पस्ने प्रयास गर्दा आफूलाई देखेको भन्दै गल्तीबाट बच्न लमही नगरपालिका ३ सुनडबरी निबासी २० बर्षका शिउ नारायण चौधरीले एनआईसी एसिया बैंक लमहीका म्यानेजर विनोद जैशीलाई रड प्रहार गरेको प्रहरीले जनाएको हो ।

बुधबार राति लमही नगरपालिका ११ स्थित गोविन्द प्रसाद वेलवासेको घरमा भाडामा बस्दै आएका बैंकका म्यानेजर जैशी बसेको ढोका ढकढक्याउने क्रममा ढोका खोलेर बाहिर निस्किदा चौंधरीले रड प्रहार गरि घाइते बनाएको प्रहरी निरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए । घाइतेको नेपालगंजमा उपचार भइरहेको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चौंधरीलाई राती नै पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । चोर्न पसेको र चोरी गरि नसकेकाले प्रमाण नभएको भन्दै सार्वजनिक मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।

बेलबासेको घरमा केहि समय अघि काम गर्न बसेका चौधरीले धनमाल धैरै रहेको भन्दै लुट्ने उद्देश्यले चोर्न गएको प्रहरीले बताएको छ ।