१२ कार्तिक २०८३, बिहिबार

कपिलवस्तुमा यसरी भयो एकाविहानै बस दुर्घटना (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kapilvastu Durghatana photo 2- 072-8

– शम्भु माली
कपिलवस्तु, ३ मंसिर । विहीबार विहान १ बजे कपिलवस्तुमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ दर्जन बढी घाइते भएका छन् ।

पश्चिमबाट पुर्वतर्फ आइरहेको ना ४ ख १०९४ नम्वरको बसले पुर्वपश्चिम महेन्द्र राजमार्ग स्थित खगेन्द्रपुर नजिक विहान १ बजे रोकी राखेको ना ४ ख ५३१९ नं. को बसलाई पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा कोहलपुर नगरपालिका २ बांके घर भई बागलुंडमा कार्यरत प्रहरी जवान २५ बर्षीय शिव खत्री र कजेरी बर्दिया बस्ने ३२ बर्षीय चन्द्र बहादुर रोकाया रहेका छन् भने ३ दर्जन बढी घाइते छन् । घाइेते मध्ये झण्डै आधा दर्जनको अवस्था गम्भिर रहेको छ ।

घाईते सबैको चन्द्रौटास्थित संजिवनी सामुदायिक अस्पतालमा सामान्य उपचार पछि १ दर्जन बढीलाई बुटवल रेफर गरिएको छ भने अन्यको चन्द्रौटामा उपचार भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

kapilvastu Durghatana photo 1 072-8- kapilvastu Durghatana photo 2- 072-8 kapilvastu Durghatana photo 3- 072-8