काठमाडौं, ३ मंसिर । खाना पकाउने ग्यासको चरम अभाव झेल्दै आएका राजधानीका उपभोक्तालाई नेपाल ग्यासले आज २ हजार ३० वटा सिलिण्डर बिक्री गर्ने गर्दैछ ।
नेपाल ग्यास कम्पनीका अनुसार राजधानी उपत्यकाभित्रका विभिन्न २६ स्थानबाट ग्यास वितरण हुनेछ । वितरणका क्रममा अत्याधिक चाप रहेको स्थानमा अलि धेरै ग्यास पठाइनेछ ।
सानो भञ्याङ, जावालाखेल तथा अनामनगरस्थित डिपोबाट एक सय ४० सिलिन्डर तथा अन्य डिपोबाट ७० सिलिन्डरका दरले वितरण गर्न लागिएको सूचनामा उल्लेख छ ।















प्रतिक्रिया