१२ कार्तिक २०८३, बिहिबार

कान्तिपुर दैनिकबाट पत्रकारले किन धमाधम जागिर छाड्दै छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kantipur Publicatationकाठमाडौं, ३ मंसिर । कान्तिपुर दैनिकबाट पत्रकारले राजीनामा दिने क्रम धमाधम सुरु भएको छ ।

पछिल्लो पटक पत्रकार सरोजराज अधिकारीले कान्तिपुर दैनिक पत्रिकाबाट राजीनामा दिएका छन् । उनले राजीनामा दिनुको कारण खुलेको छैन ।

एमाओवादीको रिपोर्टिङ गर्दै आएका अधिकारी र व्यवस्थापनबीच खटपट भएपछि राजीनामा दिएको स्रोतको भनाइ छ ।

कान्तिपुर दैनिकले पत्रकार कर्मचारीलाई दिने तलव स्केल र सेवासुविधा अन्यत्रभन्दा न्यून रहेका कारण आर्षण कम हुँदै आएको स्रोतले जनाएको छ ।

यसैबीच पर्यटनमा रिपोर्टिङ गर्ने शिला पाण्डेले पनि कान्तिपुर दैनिक छाड्न थालेको बुझिएको छ । कान्तिपुर दैनिकबाट सुजित महत, लोकमणि राई, कल्पना घिमिरे, प्रतिमा बास्कोटा, रोशन अधिकारीलगायतले जागिर छाडि सकेका छन् ।

कान्तिपुर टिभीबाट पनि यसअघि विजय पौडेल, तीर्थ कोइराला, रुपेश श्रेष्ठ, अनिल थापाले जागिर छाडी सकेका छन्