१२ कार्तिक २०८३, बिहिबार

न्यूनचापीय क्षेत्रको प्रभावले मौसम परिवर्तन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chiso-coldकाठमाडौँ, २ मङ्सिर । न्यूनचापीय क्षेत्रको प्रभावका कारण मुलुकको मौसममा केही परिवर्तन आएको छ ।

न्यूनचापीय क्षेत्र पश्चिमबाट पूर्वतर्फ सर्ने क्रममा मौसम बदली भई पूर्वी क्षेत्रमा प्रभाव परेको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो ।

उक्त चापकै कारण पहाडी क्षेत्रमा आज मौसम बदली भएको छ, भने मङ्गलबार पूर्वी भेगका केही स्थानमा पानी परेको थियो ।

“धुलोको कण बसेर तुवालो लागेपछि मौसम खराब भएको हो । जाडो समय सुरु भएपछि यो नियमित प्रक्रिया पनि हो । न्यूनचापीय क्षेत्र ह्वात्तै सरेकाले एक्कासी मौसममा खराबी आएको हो । यो विस्तारै सरेको भए कुनै प्रभाव हुँदैनथ्यो”– मौसमविद् रिमालले भन्नुभयो । रासस