१२ कार्तिक २०८३, बिहिबार

सङ्कटको समयमा सबै दलहरु एकताबद्ध भई अघि बढनुपर्छ: महासचिव थापा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-Bhadur-Thapa-Badal

काठमाडौँ, २ मङ्सिर । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले मुलुकमा आन्तरिक समस्या समाधान नभएसम्म दिगो शान्ति र विकास सम्भव नभएको बताउनुभएको छ ।

नेपाल चलचित्र युवा मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानले उत्पीडित, दलित तथा पछाडि परेका वर्गको आशा र अपेक्षालाई पूरा गर्न नसकेकाले अहिले देशमा आन्तरिक कलह र द्वन्द्व बढेको बताउनुभयो ।

महासचिव थापाले भारतले गरेको नाकाबन्दीका कारण देशमा बिरामीले औषधिसमेत नपाई मृत्युवरण गर्न परेकामा चिन्ता व्यक्त गर्दै यस्तो अवस्थामा सबै दलहरु एकताबद्ध भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सर्वसाधारण जनतालाई आवश्यक पर्ने उपभोग्य सामग्रीको सहज आपूर्तिका लागि उचित विकल्प खोज्नुपर्ने बताउँदै देशमा रोजगारीको अवसर नहुँदा आधा जनसङ्ख्या विदेशिन बाध्य भएको त्यसले परनिर्भरतालाई बढाएको बताउनुभयो ।

सो अवसरमा महासचिव थापाले मुलुकको वर्तमान राजनीतिक अवस्थासँगै नाकाबन्दीले ल्याएको इन्धन अभाव र त्यसबाट प्रताडित नेपाली जनताको अवस्थालाई समेटिएको चलचित्र ‘मनको उजुरी’ निर्माणका लागि शुभारम्भ गर्नुभयो । रासस