१२ कार्तिक २०८३, बिहिबार

अटोमेटिक पेस्तोल बोकेका यादव नेपाल-भारत सीमाबाट पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestolगौशाला, २ मङ्सिर । महोत्तरी प्रहरीले नेपाल–भारत सीमा नजिकबाट इटालियन पेस्तोलसहित गएराति एक युवकलाई पक्राउ गरेको छ ।

जलेश्वर नगरपालिका–१ बस्ने २५ वर्षीय सुभाष यादवलाई रातु नदीको बाँधबाट पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताउनुभयो ।

यादवको साथबाट प्रहरीले इटालियन १११ अटोमेटिक पेस्तोल एक थान, त्यसमा लोड भएको म्याग्जिनमा केएफ ७.६५ लेखिएको एक राउण्ड गोली र एक थान मोबाइल सेट बरामद भएको उहाँले बताउनुभयो ।

यादवलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले हिरासतमा राखी हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस