
भैरहवा, २ मंसिर । रुपन्देहीको वेलहिया नाकाबाट १५ वटा ग्यास बुलेटसहित २०० भन्दाबढी मालवाहक गाडी नेपाल भित्रिएका छन् ।
वीरगन्ज घटनापछि ठप्प जस्तै भएका नाकाबाट पछिल्लो तीन दिनयता मालवाहक सवारीसँगै इन्धन भित्रिने क्रम बढ्दै गएको छ ।
मंगलबार भैरहवा नाकाबाट १५ ग्यास बुलेट र १५३ मालवाहक साधन, २५ बस र अन्य ६० वटा साधन नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।
वीरगन्जको रक्सौल नाकामा रोकिएका केही ग्यास बुलेट पनि रुट परिवर्तन गरी बेलहियाबाट ल्याइएको थियो ।
यस्तै गत कात्तिक २९ गते सबैभन्दा बढी ३५ वटा डिजेलका ट्याङ्कर १८ वटा ग्यास बुलेट भैरहवा नाकाबाट नेपाल भित्रिएको थियो । रासस















प्रतिक्रिया