१२ कार्तिक २०८३, बिहिबार

जुवाडेबाट रु तेइस लाख बरामद

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisaभद्रपुर, १ मङ्सिर । जिल्ला प्रहरी कार्यालय झापाले दसैँ तिहार लक्षित विशेष अभियान अन्तर्गत ९७ जुवाडेबाट रु २३ लाख ४२ हजार ८४१ नगद तथा विभिन्न कम्पनीका १२ थान मोबाइल फोन बरामद गरेको छ छ ।

प्रहरीको गत भदौ ३० गतेदेखि कात्तिक २७ सम्मको अपराध नियन्त्रण अभियानका क्रममा जुवाडेहरुलाई पक्राउ गरी कानुनी कारबाही चलाइएको झापा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

सार्वजनिक अपराध कानुनअनुसार जनही रु दुई हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरी जुवाडेलाई प्रशासनले कारबाही गरेको बताइएको छ । रासस