१२ कार्तिक २०८३, बिहिबार

छठको रौनक, युवा जलाशय (घाट) सजाउनमा व्यस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chhath Parba Nepal 1महोत्तरी, १ मङ्सिर । छठ पर्व गर्नका लागि महोत्तरी सदरमुकाम जलेश्वर, रामगोपालपुर, औरही, बर्दिवास, गौशालालगायत ग्रामीण भेगमा रहेका जलाशयलाई सजाउनका लागि स्थानीय युवा बिहानैदखि व्यस्त रहेका छन् ।

जिल्लाभरि रहेका पोखरी, ताल, इनार, नदीलगायतका जलाशयमा स्थानीय युवाले घाट बनाई सजाउनमा जुटेका छन् ।

युवाले स्थानीय घाटमा बिहानैदेखि टेन्ट, पन्डाल, डेकोरेसनलगायतका सजावटका समान लगाएर जलाशय (घाट) लाई दुलही झैँ सिङ्गार्ने कार्यमा जुटेका छन् । उनीहरु गाउँघरमा चन्दा उठाएर भए पनि घाटलाई सिङ्गार्ने कार्यमा जुटेका छन् ।

जलाशयको छेउमा सफा सुग्घर गर्नमा करिब एक हप्तादेखि जुटेका स्थानीयवासी आज बिहानैदेखि त्यस कार्यमा समूह बनाएर जुटेको बेलगाछीका रवीन्द्र महतोले बताउनु भयो ।

सन्ध्या अर्धका दिन रातभरि नै जलाशयको छेउ (घाट)मा बिताउनुपर्ने भएकाले विद्युत् भार कटौतीलाई ध्यानमा राखी आफूहरुले घाटमा जेनेरेटरको समेत व्यवस्था गरेको गौशाला नगरपालिका– १ का शम्भु साहको भनाइ रहेको छ ।

समुदायका हरेक व्यक्ति एकैसाथ एकैपल्ट पूजा गर्ने पर्वले परिचित रहेको छठ पर्व एउटा सामाजिक पर्व भएकाले सुरक्षाको खासै आवश्यक नपरेको उनीहरुको भनाइ रहेको छ ।

छठ पर्वको आज तेस्रो दिन भएकाले आज अस्ताउँदो सूर्यलाई दिएको अर्घ भोलि पुनः उदाउँदो सूर्यलाई अर्घ चढाउने भएकाले प्रायःजसो व्रतालुहरु घाटमा नै जाग्राम गरेर बिताउने गर्छन् । कतिपय स्थानमा मनोरञ्जन प्राप्तिका लागि घाटमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । रासस