१२ कार्तिक २०८३, बिहिबार

हातेमालो गर्दै अगाडि बढ्न प्रेरणा मिलोस् : राष्ट्रपति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidhya-Bhandariकाठमाडौं, १ मसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले महापर्व छठले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै संविधानको प्रभावकारी कार्यान्वयनका साथ समृद्ध राष्ट्र निर्माण गर्न हातेमालो गर्दै अगाडि बढ्न प्रेरणा देओस् भन्ने कामना गर्नुभएको छ ।

उहाँले सूर्य देवता र छठीमाताको पूजाआराधना गरी मनाइने छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरञ्जनका माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने तथा खुसी एवम् मनोरञ्जन साटासाट गर्ने अवसर जुटाई राष्ट्रिय एकता र समाजिक सम्मिलनमा समेत महत्वपूर्ण योगदान पु¥याउने पनि उल्लेख गर्नुभएको छ । रासस