१२ कार्तिक २०८३, बिहिबार

‘नाकाबन्दीबाट मानवाधिकार हनन भयो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Nakabandiकाठमाडौँ, ३० कात्तिक । भारत सरकारले गरेको अघोषित नाकाबन्दीले मानवअधिकारको हनन भएको विज्ञ र नेताहरुले बताएका छन् ।

अन्तर्राष्ट्रिय सहिष्णुता दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाज नेपालले आज यहाँ आयोजना गरेको ‘नाकाबन्दीः असहिष्णुताको पराकाष्ठा’ विषयको अन्तक्र्रिया कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नाकाबन्दीले दुई देशबीचको सम्बन्ध बिग्रँदै गएको र सरकारको कूटनीतिक असफलता भएको स्पष्ट पार्नुभयो ।

नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले मधेसमा भइरहेको आन्दोलनले कसैलाई फाइदा नपुग्ने भएकाले मधेसीका जायज मागलाई संविधान संशोधनमार्फत टुङ्ग्याउनुपर्छ भन्नुभयो ।

नेकपा (एमाले)का नेता रामेश्वर फुयाँलले नाकाबन्दीको मानवअधिकारको हनन भएको बताउँदै जारी संविधानलाई जनतामाझ लैजानुपर्ने र जनताका जायज मागलाई संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले छिमेकी मुलुकलाई नाकाबन्दीले दुःख दिनु नराम्रो हो भन्दै नाकाबन्दीको सामना गर्न राष्ट्रिय एकताको खाँचो औँल्याउनुभयो । समाजका सल्लाहकार होमकान्त चौलागाईंले नाकाबन्दीले देशको अर्थतन्त्रमा धरासायी बन्दै गएकाले यसको समाधान गर्न सब एक जुट हुनुपर्ने बताउनुभयो । रासस