३० आश्विन २०८३, शुक्रबार

आत्मा सम्मान बढेको महसुस गरेको छु : साहित्यकार पुडासैनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Damodar-Pudasaini– विजय थापा

वाशिंगटन डिसी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले हरेक दुई वर्षमा प्रदान गर्ने अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५ का बिजेताहरु पुरस्कार लिन बिश्वका विभिन्न राष्ट्रहरुबाट अमेरिका आउने क्रम जारी छ ।

अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१५ का प्रथम बिजेता चर्चित साहित्यकार दामोदर पुडासैनी किशोर अमेरिकाको टेक्सासमा अवतरण गरी सक्नु भएको छ ।

प्रथम पुरस्कार बिजेता पुडासैनीले विश्वका कैयौ पुस्तकहरुमध्ये आफूले अनेसास सर्बोत्कृष्ट पुस्तक जित्न सफल भएकोमा हर्ष लागेको बताउनु भयो ।

पुडासैनीले यो पुरस्कारबाट आफ्नो आत्मसम्मान बढेको र अझै सामाजिक गरिमा वृद्धि भएको छ भन्नु भयो । जसको कारण अझ जिम्मेबार बढेकोले मेरो लेखनमा अगाडि झन् यसले मदत गर्ने उहाँले बताउनुभयो ।

‘श्रस्टा पुरस्कार पाउने भनेर कलम चलाएको हुदैन भन्दै आफ्नो शोख र निहित प्रतिभालाई प्रस्फुटन गर्न कलम घुमाउने गर्ने गरेकोले म पनि त्यो पाउने आशामा छैन’, उहाँले भन्नुभयो ।

उहाँले पुरस्कारबाट स्रस्टालाई सामाजिक मान्यता प्राप्तको साथै त्यो हौसलाले मलजलको काम गर्ने बताउँदै अनेसासलाई धन्यवाद दिनु भएको छ ।

पुडासैनीले लेख्नु भएको नमेटिएका चित्रहरु (यात्रा संस्मरण) पुस्तकले प्रथम स्थान प्राप्त गरेको छ । उहाँको यो कृतिलाई अंग्रेजीमा पनि अनुबाद गर्ने पहल गरीरहेको अनेसासका संस्थापक तथा उपन्यासकार होमनाथ सुबेदीले बताउनु भएको छ ।

अनेसास गुठीका अध्यक्ष डा श्याम कार्कीले पुडासैनी जस्तो व्यक्तिलाई यो पुरस्कार दिन पाउँदा हामी औधि खुसि भएको बताउनुभयो ।

नोवेम्बर २१ तारिख देवकोटाको जन्म जयन्तीको अबसरमा वाशिंगटन डिसीको टाईसन् कर्नरस्थित मेरियट होटलमा एक भब्य समारोहका बिच पुरस्कार वितरण गरिनेछ ।

२०१९ जेष्ठ १८ गते काठमाडौँको जितपुरफेदीमा जन्मिएका पुडासैनी पेसाले महालेखा परीक्षकको कार्यालय, बबरमहलका निर्देशक हुनुहुन्छ ।