१ कार्तिक २०८३, शनिबार

बागलुङमा कृषकहरु किवी खेतीमा आकर्षित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kiwi– रबिना बोहरा
बागलुङ, २९ कात्तिक । बागलुङमा किवि खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाका कृषकहरु किवि खेतीलाई व्यवसायिकिकरण गर्न तर्फ लागेका छन् ।

विश्व बजारहरुमा किविको माग अत्याधिक भएकाले पनि कृषकहरु किवि खेतीमा आकर्षक भएका हुन् । किविको एउटा बोटबाट एक सय केजी भन्दा बढी उत्पादन हुने र बजारमा प्रति केजी ६ सय रुपैयाँ भन्दा बढीमा विक्रि हुदै आएको कृषक मेरसिहं पाइजाले बताउनुभयो ।फलहरुको राजा मानिने किवी खेतीको परीक्षणका लागि केही किसानहरुले लगाएको बोटले राम्रो आम्दानी दिन थालेपछि यसलाई व्यवसायीक रुपमा अगाडि बढाउन लागिएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ ।

जिल्ला कृषि विकास कार्यालय बागलुङका अनुसार यस वर्ष आठ सय किवीका विरुवा वितरण गर्ने लक्ष्य लिइएको छ । जिल्लामा किवीको माग अत्याधिक बढ्दै जाँदा, पहाडी क्षेत्र र किवी खेतीका लागि उपयुक्त ठाउँ भएका कारण ति क्षेत्रलाई लक्षित विरुवा वितरण गर्न लागेको कृषि विकास कार्यालय बागलुङमा बरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले बताउनुभयो । विशेष गरी युरोपियन बजारहरुमा पनि किवि खेती राम्रो रहेकाले नेपालमा पनि यसको व्यवसायिकिकरण हुने क्रम जारी रहेको हमालको भनाई छ ।

बागलुङ जिल्लामा सबैभन्दा पहिले ग्वालीचौरका किसान मेयरसिँह पाइजाले किवीको विरुवा रोप्नु भएको थियो । २०५७ सालमा पुर्वका जिल्लामा घुम्ने जाने क्रममा ल्याएर रोपेको एउटा विरुवामा २०६३ सालदेखि फल्न शुरु गरेको पाइजाले बताउनुभयो । सबै प्रकारका फलफुल खेती गर्ने सोचका कारण ल्याएर रोपेको विरुवा ६ वर्षमै राम्रो फल्न थालेको पाईजाले बताउनुभयो । केवीको विरुवाको मूल्यपनि बढी हुने भएकाले कृषि विकास कार्यालयले अनुदानमा किसानलाई विरुवा उपलब्ध गराउँन लागेको कार्यालयले जनाएको छ । हमालका अनुसार जिल्लाका ग्वालीचौर, बुर्तिवाङ, अमलाचौर, बानपाको उपल्लो भेग, भकुण्डे, तित्याङ लगायतका गाविसबाट किवीका विरुवाको माग आइरहेको छ ।