काँकडभिट्टा (झापा), २९ कात्तिक । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ‘नयाँ शक्ति निर्माण अभियान’ अन्तर्गत झापामा पहिलोपटक आज मेचीनगरमा २७ सदस्यीय समिति गठन भएको छ ।
पुष्प पौडेलको संयोजकत्वमा गठन भएको समितिको सहसंयोजकमा उत्तम भण्डारी र सदस्यहरुमा वीरबहादुर श्रेष्ठ, चन्द्रजीत राई, गोकुल हुमागाई, कमला पराजुली, टीका बनियाँलगायत रहेका छन् ।
नयाँ शक्ति निर्माण अभियानले झापाका सबै नगरपालिका र गाविसहरुमा समिति गठन गर्न छलफल चलाइरहेको संयोजक पौडेलले बताउनुभएको छ ।
यसअघि बाबुरामको नयाँ शक्ति गृह जिल्ला गोरखामा गठन भइसकेको छ । रासस















प्रतिक्रिया