३० आश्विन २०८३, शुक्रबार

नेदरल्याण्ड्सका व्यवसायी सापकोटा एमालेमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khem-sapkota-dainiknepal2

नेदरल्याण्ड । नेदरल्याण्डसका व्यवसायी तथा समाजसेवी खेम सापकोटा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

प्रवासी नेपाली मञ्च नेदरल्याण्ड्सले शनिबार गरेको कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य किरण गुरुङले सापकोटालाई एमालेमा प्रवेश गराउनुभयो । सापकोटा नेदरल्याण्ड्समा करिब डेढ दशकदेखि रेष्टुरेण्ट व्यवसायमा संलग्न हुनुहुन्छ ।

कार्यक्रममा एमाले स्थायी समिति सदस्य गुरुङले भारतीय नाकाबन्दीका विरुद्ध सबै जुटेर लाग्न जरुरी रहेको बताउनुभयो । नेपाली नेताहरुले भारतसामु कुनै पनि हालतमा घुँडा नटेक्ने उहाँले उहाँले बताउनुभयो । भारतीय नाकाबन्दीले नेपालीलाई आत्मनिर्भर बन्नका लागि सचेत गरेको पनि बताउनुभयो । कार्यक्रममा प्रवासी नेपाली मञ्च नेदरल्याण्डसका अध्यक्ष टिकाराम सापकोटाले नेकपा एमालेले खेलेको भूमिकाको देशबासीले उच्च प्रशंसा गर्नुपर्ने बताउनुभयो ।

Khem-sapkota-dainiknepal

कार्यक्रममा एनआरएनका केन्द्रीय सचिव अर्जुन श्रेष्ठ, एनआरएन नेदरल्याण्डका कार्यबाहक अध्यक्ष केशवराज पौडेल र प्रवासी नेपाली मञ्च बेल्जियमका अध्यक्ष अर्जुनकुमार गुरुङको पनि उपस्थिति रहेको थियो ।