एक्लो वृहस्पती झुठ्ठा भने झै सामाजिक यथार्थताको वोध पनि कठिन विषय रहेछ । भारतिय हेजोमोनीको शिकार सवैभन्दा वढि नेपाली मधेसीहरु नै भएका छन् । तर दुखको कुरा समाजमा मधेसीहरु नै भारतिय शासक वर्गवाट पालित पोषित जमात जस्तो वन्न पुगेका छन् । मधेस केन्द्रित दलको भारतिय पृष्ठपोषण गर्ने नीति र भारतिय शासक वर्गको मधेसी नेताहरुलाई अघि सारेर आफ्नो स्वार्थ सिद्धि गर्ने हस्तक्षेपकारी नीतिका कारणले त्यस्तो अवस्था सिर्जना भएको हो । अव यस विषयमा पनि खुलेर छलफल र वहस हुनु आवश्यक छ ।
यतिवेला मधेस आन्दोलनका नाममा उठाएका कतिपय विषयहरु त्यहाकै रैथाने मधेसी समुदायका विपक्षमा रहेका छन् । विगतका दुवै संविधानसभामा समावेशी तर्फवाट मधेसीको कोटामा अंगिकृतको ठुलो उपस्थिति हुनु त्यसकै दृष्टान्त हो । यदी नेपाली समाजमा भारतिय नागरिकहरुको ठुलो संख्याले नागरिकताको अधिकार नपाएको भए समावेशिताको त्यो कोटामा रैथाने मधेसीहरुकै उपस्थिति रहन्थ्यो । यतिवेलाको नागरिकताको थप उदार व्यवस्थाको मागवाट अवसर गुम्ने पनि उनीहरुको नै हो ।
यतिवेला मधेस आन्दोलनका नाममा उठाएका कतिपय विषयहरु त्यहाकै रैथाने मधेसी समुदायका विपक्षमा रहेका छन् । समावेशीतालाई राज्यले स्विकार गरिसकेको अवस्थामा नागरिकताको उदार व्यवस्थाले मधेसी समुदायको अधिकार र अवसरको कटौती हुने हो । विगतका दुवै संविधानसभामा समावेशी तर्फवाट मधेसीको कोटामा अंगिकृतको ठुलो उपस्थिति हुनु त्यसकै दृष्टान्त हो । यदी नेपाली समाजमा भारतिय नागरिकहरुको ठुलो संख्याले नागरिकताको अधिकार नपाएको भए समावेशिताको त्यो कोटामा रैथाने मधेसीहरुकै उपस्थिति रहन्थ्यो । यतिवेलाको नागरिकताको थप उदार व्यवस्थाको मागवाट अवसर गुम्ने पनि उनीहरुको नै हो । यसरी नै सीमा क्षेत्रमा भारतले निर्माण गरेका वाध र तटवन्धवाट मधेसी समुदायका वस्ती र खेतीयोग्य जमिनहरु नै डुवानमा पर्ने गरेका छन् । क्रस वोर्डर क्राइमको शिकार पनि सिमा क्षेत्रका मधेसी जनता नै भएका छन् । मधेसमा रहेको सामन्ती शोषण र उत्पीडनले पनि त्यहाको ठुलो समुदाय गरिवीको दुश्चक्रको शिकार वनिरहेको छ । सामाजिक सचेतनताको अभावमा जातिय छुवाछुत र महिला हिंसा जस्ता अमानविय सामाजिक उत्पीडन पनि त्यही छ । दहेजका नाममा वुहारीहरु दिनदहाडै जलाईन्छन् । वोक्सीका नाममा एकल तथा गरिव महिलाहरु माथि अमानविय उत्पीडन हुने गरेको छ ।
विगतमा नेपालका अधिकांश भूभागमा जोताहा किसानले मोही हक पाउन सफल भए पनि मधेसका भूिमहिन किसानहरु त्यसवाट वंचित नै रहे । यतिवेला पनि जोताहा किसानका पक्षमा सामान्ती भूस्वामित्वको अन्त्य र किसानमूखी वैज्ञानिक भूमिसुधारको एजेण्डाको विपक्षमा मधेस केन्द्रित दल र नेताहरु रहने गरेका छन् । हिजोको नागरिकता समस्याको एउटा महत्वपूर्ण कारण सामन्ती प्रभुत्व कायम राख्ने कोशिस नै थियो । उक्त समस्यालाई सम्वोधन गर्ने क्रममा रातारात भारतिय नागरिक र अपराधिक तत्वहरुले पैसाको वलमा नागरिकता पाउने अवस्था सिर्जना भयो । भारतवाट कृषिजन्य वस्तुहरु निर्वाध आयात गरिदा मधेसी किशानहरु नै आफ्नो कृषि उत्पादनको वजार भाउ पाउन सकिरहेका छैनन् । मधेसी समुदायका पेशा पनि भारतिय आप्रवासी मजदुरहरुका कारणले नै खोसिने गरेका छन् । यतिसम्मकी अधिकांश नेताका छोराछोरीहरु छात्रवृत्तिमा भारतमा पढ्न पाउने भएका कारणले स्थानिय स्कुल र कलेजको हालत पनि खराव छ । तर पनि मधेसी आन्दोलनमा यी विषयहरु कहिले एजेण्डा वनेनन् । अहिलेको भारतिय हेजोमोनी कायम गर्ने उद्देश्यमा आधारित मधेस आन्दोलन सफल हुने हो भने अझै लामो समयसम्म यी विषयहरु एजेण्डा वन्ने छैनन् । अनि मधेसी जनताको जिवन स्तरमा पनि लामो समय सुधार आउन सक्ने छैन । त्यसैले मधेसका वास्तविक सामाजिक समस्यामा आधारित वनाएर नयाँ मधेस आन्दोलन आजको आवश्यकता हो ।
हो मधेसी समुदाय माथि एकहदसम्म सामाजिक विभेद पनि छ । तर त्यो अहिलेको राजनीति र संविधानवाट सिर्जित समस्या होइन । प्रहरी प्रशासनमा मधेसीको सहभागीता न्यून रहदा राज्यको प्रभुत्वलाई पहाडी समुदायको प्रभुत्वका रुपमा वुझ्ने अवस्था छ । पहाडमा पुलिसले दमन गर्दा व्यक्तिको र राज्यको आलोचना हुन्छ । तर मधेसमा त्यसलाई समुदायको दमनका रुपमा वुझ्ने अवस्था पनि छ । संविधानले त्यो समस्यालाई पनि संवोधनगर्ने वाटो खोलेको छ । अव सवै निकायमा समानुपातिक समावेशीकरणको नीति कार्यान्वयनमा आउने छ । नयाँ संविधानले सुरक्षा निकायका लागि पनि त्यो नीति वाध्यकारी वनाएको छ । तर त्यसको कार्यान्वयनका लागि वर्तमान संविधानको कार्यान्वयन जरुरी छ ।
मधेसका सामाजिक समस्यालाई सतहमा ल्याउने र समाधान गर्ने दायित्व मुलधारका राजनीतिक दलहरुको हो । तर मुलधारका राजनीतिक दलहरुले विगतमा मधेसका मुद्दालाई प्राथमिकतमा राख्न नसक्दा र मधेसी जनताको मन जित्न नसक्दा उनीहरु पनि त्यसमा सफल हुन सकेका छैनन् । प्रदेशीक संरचनाको विकाससंगै मुलधारको प्रादेशीक नेतृत्व त्यसमा सफल हुने विश्वास गर्न सकिन्छ । त्यसैले अव विलम्व नगरी प्रादेशीक संरचनालाई क्रियाशिल वनाउ । त्यसका माध्यमवाट मधेसका सामाजिक एजेण्डालाई सम्वोधन हुने वातावरण सिर्जना गरौ । त्यसले नै मधेसी समुदायमा आफ्नै उत्पीडनको कारक वनेको भारतिय हेजोमोनीका विरुद्ध लड्ने तागत पैदा हुनेछ ।













प्रतिक्रिया