काठमाडौं, २५ कात्तिक । विश्वभरका उपभोक्तामाझ चर्चित सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर एपमा थपेको नयाँ सुविधा सार्वजनिक गरेको छ । उसले म्यासेन्जर एपमा फोटो म्याजिक आइकन थपेको हो । यो आइकनको मद्दतले प्रयोगकर्ताहरुले पहिलेको तुलनामा अझैँ सजिलो गरि फोटो सेयर गर्न पाउनेछन् ।
हाल यो सुविधा अस्ट्रेलियामा मात्र उपलब्ध रहेको र छिट्टै नै अन्य देशहरुमा पनि विस्तार गरिने फेसबुक हेडक्वार्टरबाट म्यासेन्जरका प्रमुख डेविड मार्कसले सूचना जारी गरेका छन् । फेसबुक म्यासेन्जरको एन्ड्रोइड एपमा मात्रै दिइएको यो सेवालाई छिट्टै आईओएसमा पनि उपलब्ध गराइने सूचनामा उल्लेख छ । सूचना अनुसार फोटो म्याजिक सुविधालाई फेसबुक म्यासेन्जर र मोमेन्ट्स टीमले मिलेर बनाएको हो ।
कसरी चलाउने ?
फोटो म्याजिकलाई अुनहारलाई चिन्ने (फेस रिकग्निशन) सुविधा भनिएको छ । यसले फेसबुक प्रयोकर्ताहरुको फोनमा रहेको क्यामरा रोललाई एक्सेस गरेर फोटो चिन्नेगर्छ । यस पश्चात उक्त फोटोलाई फेसबुकका फ्रेण्डसँग सेयर गर्ने कि नगर्ने भनेर विकल्प आउनेछ । सम्पूर्ण फोटोहरुलाई स्क्यान गरिसकेपछि प्रयोगकर्तालाई ‘सेन्ड’ भनेर विकल्प आउने छ । र त्यसैअनुसार शेयर गर्ने वा नगर्ने अधिकार प्रयोगकर्तामा हुनेछ । यो सुविधा प्रयोग गर्न असहज भएमा फेसबुक म्यासेन्जर सेटिङमा गएर बन्द पनि गर्न सकिने अब्सन पनि राखिएको छ ।















प्रतिक्रिया