१ कार्तिक २०८३, शनिबार

नाकाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TOURISTSFFNepalकाठमाडौँ, २५ कात्तिक । भारतले नेपालका मुख्य नाकामा लगाएको अघोषित नाकाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएकोमा चिन्ता व्यक्त गरिएको छ ।

राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज) ले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन आज यहाँ आयोजित कार्यक्रमका वक्ताले भारतले नेपालको राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गर्दै सीमा अवरोध गरेको गुनासो पनि गर्नुभयो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख सूर्य थापाले नेपालस्थित भारतीय राजदूत रणजीत रायको गलत रिपोर्टिङका कारण नेपालमा यस्तो समस्या उत्पन्न भएको बताउनुभयो । थापाले राजदूत रायलाई भारत सरकारले तत्काल फिर्ता बोलाउनुपर्ने बताउनुभयो ।

टानका अध्यक्ष चन्द्र रिजालले नाकाबन्दीले पर्यटन क्षेत्रमा गम्भीर असर परेको बताउनुभयो । रासस