३० आश्विन २०८३, शुक्रबार

वीरगन्ज–पथलैया करिडोरका एक दर्जन सिमेन्ट उद्योग बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ciment Factoryपर्सा, २५ कात्तिक । वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेका एक दर्जन सिमेन्ट उद्योग बन्द हडताल र नाकाबन्दीका कारण धराशायी हुने अवस्थामा पुगेका छन् ।

संविधान संशोधन र सीमाङ्कनको विरोध गर्दै मधेस केन्द्रित दलहरुले गर्दै आएको बन्द हडताल र भारतले गरेको अघोषित नाकाबन्दीका कारण कच्चा पदार्थको अभावमा करिडोरमा रहेका सिमेन्ट उद्योगहरु धराशायी हुने अवस्थामा पुगेका हुन् ।

विगत तीन महिनादेखि बन्द हडताल र दुई महिनादेखिको नाकाबन्दीका कारण भारतबाट आयात गरिएको ५० हजार मेट्रिक टनभन्दा बढी कच्चा पदार्थ सीमा क्षेत्रमै अलपत्र परेपछि करिडोरमा रहेका सिमेन्ट उद्योग सञ्चालनमा आउन नसकेपछि पुनःनिर्माण कार्यसमेतलाई असर पारेको उद्योगीहरुको भनाइ रहेको छ ।

बन्द हडतालका कारण भारतबाट आयात गरिएका क्लिङ्कर, सलेक, कोइलालगायतका कच्चा पदार्थ वीरगन्जको सीमा क्षेत्र र रक्सौल रेल्वेको यार्डमा अलपत्र परेपछि उद्योगले अर्बैंको क्षति खेप्नुपरेको सालिमार सिमेन्टका सञ्चालक अशोककुमार वैद्यले जानकारी दिनुभयो ।

उहाँले बन्द हडतालका कारण ढुवानीका सवारी साधन सञ्चालनमा आउन नसक्दा नेपाल भित्र्याइएको हजारौँ टन कच्चा पदार्थ सीमा क्षेत्रमा खुल्ला आकाशमुनि भण्डारण गरी राख्नुपरेको बताउनुभयो ।

उहाँले उद्योगको उत्पादन बन्द भए पनि काम गर्ने मजदुरको तलब, बैंक ब्याज गरी एक अर्बभन्दा बढीको नोकसानी सिमेन्ट उद्योगले बेहोर्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो । रासस