– विजय थापा
वाशिंगटन डिसी । भारतीय नाकाबन्दीविरुद्ध अमेरिकाका नेपालीले अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यालय ह्वाइट हाउस अगाडि प्रदर्शनको तयारी गरेको छन् ।
डिसी महानगर क्षेत्र सेरोफेरोमा बसोबास गर्ने नागरिक समाजको बिशेष पहलमा भारतले लगाएको अमानवीय तथा अब्यबहारिक नाकाबन्दीलाई विश्वको ध्यानाकर्षण गर्दै बिरोध गर्न आगामी नोवेम्बर १५ तारिख वाशिंगटनस्थित राष्ट्रपति भवन व्हाइट हाउस अगाडि हजारौको संख्यामा जम्मा हुने भएका हुन् ।
यस बिरोध तथा खबरदारी कार्यक्रमको लागि पहलकर्ता मध्येका समाज सेवी तथा ब्यबसायी लोकनाथ तिवारीले आगामी नोभेम्बर १५ तारिख मध्यान्ह १२ बजे वाशिंगटन डिसीस्थित मेमोरिएल मोनुमेन्ट (धरहरा स्मारक)मा जम्मा भएर व्हाइट हाउस अगाडि व्यापक प्रदर्शन गरि भारतीय दूताबासमा पुग्ने योजना रहेको बताए ।
प्रदर्शनीमा व्यापक सहभागिता जुटाउन डिसी महानगर क्षेत्रमा रहेका सम्पूर्ण संघ तथा संस्था, ब्यबसायी, बुद्धिजीवी वर्ग, बिद्यार्थी, विभिन्न पेसामा संलग्न व्यक्तिहरु, साहित्यकार, शिक्षक, प्राध्यापक तथा सबै पेसामा आबद्ध सबैलाई समेत समेटिने जनाईएको छ । र यसको लागि पहल गर्न थालिएको जनाएका छन् ।
बिरोध प्रदर्शनको लागि वाशिंगटन डिसीमा रहेका र सूचना दिनुपर्ने निकायलाई जानकारी दिई सकेको छ भने बिरोध कार्यक्रमको लागि अनुमति पनि लिई सकेको आयोजकले जनाएका छन् । डिसी महानगर क्षेत्र नागरिक समाजले कार्यक्रमलाई सफल बनाउन सबैलाई सहभागी भै दिनहुन् आग्रह गर्ने भएको छ ।
















प्रतिक्रिया