काठमाडौं, २४ कात्तिक । वीरगन्ज घटनापछि सामसुम भएको सरकार–मधेसी मोर्चा वार्ता सोमबार हुने भनी परराष्ट्रमन्त्री कमल थापाले आइतबार साँझ ट्वीट गरे ।
सरकारी वार्ता टोली संयोजकसमेत रहेका थापाको ट्वीटले सामाजिक सञ्जालहरूमा एकाएक उत्साह छायो ।
वार्ता सफल बनोस् भन्ने आशयका शुभेच्छा ओइरिन थाले ।
सोमबार दिउँसो सिंहदरबारस्थित संसदीय दलमा भेटिएका समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले आपत्ति जनाए । ‘वार्ता अगाडि बढेको १० घण्टा नबित्दै वीरगन्ज घटना किन गराइयो, यसको जवाफ नआउन्जेल केको वार्ता ?’
निर्णायक वार्ताअगाडि प्रधानमन्त्री, कांग्रेस र एमाओवादी अध्यक्षसहितको शीर्ष बैठकले सीमांकनसम्बन्धी ठोस धारणा ल्याएपछि खबर पठाउने सहमति कात्तिक १५ को वार्तामा भएकामा कार्यान्वयन नभएको भन्दै राईले आपत्ति जनाए ।
सरकारले वार्ताको वातावरण बनाउनुको साटो झन् बिगार्न उद्यत रहेको उनको आरोप रहेको कान्तिपुर दैनिकले छापेको छ ।
सरकारी टोली संयोजक थापाले भने थप गृहकार्य आवश्यक रहेकाले सोमबारको वार्ता स्थगित गर्नु परेको प्रस्टीकरण दिए ।















प्रतिक्रिया