६ कार्तिक २०८३, शुक्रबार

एमाओवादीमा नारायणकाजीको दादागिरी, मन्त्रीले खान पाएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

naryan-kaji-shrestaकाठमाडौं । नारायणकाजी श्रेष्ठले पेरिसडाँडाबाट छायाँ सरकार चलाउन खोजेको भन्दै एमाओवादी मन्त्रीका सचिवालयमा असन्तुष्टि चुलिएको छ । एमाओवादीले मन्त्रीहरुको समन्वय गर्न र नियुक्तिलगायतका सिफारिस गर्न नारायणकाजी श्रेष्ठको संयोजकत्वमा एक हाइकमाण्ड गठन गरेको छ ।

हाइ कमाण्डले मन्त्रीका पिए समेत तोकेर पठाउने गरेको छ । उपराष्ट्रपति, सभामुखका पिए तथा सल्लाहकार समेत नारायणकाजीको हाइकमाण्डले तोकेर मात्र नियुक्त गर्नुपर्ने भनिएको छ । यसले मन्त्रीहरुको काममा सिधै प्रभाव पारेको भन्दै कतिपयले असन्तुष्टि जनाइसकेका छन् । काजीको कमाण्डलाई टोपबहादुर रायमाझीले अस्वीकार गरेपछि अरु मन्त्रीले अहिलेसम्म स्वीकार गरेका छन् ।

ओनसरी घर्ती उपसभामुख हुँदादेखिकै स्वकीय सचिव रहेकी लक्ष्मी पुनलाई हटाएर मौसम मगरलाई नियुक्त गरिएपछि लक्ष्मी बाहिरिएकी छिन् । त्यस्तै सभामुखको प्रेस सल्लाहकारमा संसदीय मामिला पत्रकार समाजका महासचिव समेत रहेका बबिन शर्मालाई नियुक्त गर्ने चाहना ओनसरीले राखेको बताइन्छ । तर, नारायणकाजीको हेडक्वार्टरले अहिलेसम्म तय गरेको छैन । पीए नियुक्ति समेत आफूले गर्न नपाउने भएपछि मनत्रीलाई कर्मचारीले हेप्न थालेको चर्चा पनि चलेको छ । साँघु साप्ताहिकमा खबर छ ।