२९ आश्विन २०८३, बिहिबार

मान्छेलाई मान्छेले किन्ने कस्तो जमाना आयो ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Siba-sthireमान्छेलाई मान्छेले किन्ने कस्तो जमाना आयो
आफैलाई आफैले बेच्ने चलन कसले चलायो
भावनालाइ चाहानालाई किन हो तराजुमा जोखिन्छ ।

नेपाली कथानक चलचित्र लज्जामा गाइएको यो गीत साच्चीकै मर्मस्पशी र कसैको वास्तविक जीवनसगँ मेल खाने छ । लज्जा फिल्ममा नायिकाले भोग्नुपरेको भोगाई वास्तविक जीवनमा केही नेपाली चेलीहरुले भोग्नुपरिरहेको छ । लज्जा फिलिम हेर्दा मलाई मेरो बाल्यकालको साथीको याद आयो । केही समय पहिला म लगायत मेरो दाई, दिदि काठ्माडौको ठमेलमा अवस्थित नाम चलेकै प्रतिष्ठित रेष्टुरेन्टमा खाना खाई फर्कदै थियौ । रातको ९ः४५ हुदै थियो, यतिकैमा मेरो आखाँ त्यो दृश्यतिर पुगे । दूई युवतीहरु कसैको प्रतिक्षामा थिए, ति दुई युवती मध्ये एकजना मेरोे बाल्यकालको साथी थिईन् । केहीछिनमा दूईजना युवक वाइनको नशामा लर्बराउदै छिट्टै आफूसगँ आउन आग्रह गरे, जहाँ ति युवतीहरु पनि तिनैको प्रखाइमा मुस्कान छरेर तिनीहरुलाई नै कुरिरहेका थिए । मैले तिनीहरुको सबै कृयाकलाप केहीछिन हेरिसकेपछि तिनीहरु सामु गएर बोल्ने हिम्मत निकाली मैले यस्तो के गरेको, यस्तो नगर भन्ने आग्रह गरे तर आफनै बाध्यता र विवस्थावश गरेको पेशा भएकोले केही फरक नपर्ने भन्दै तिनीहरुसँगै गइन् ।

ति युवतीहरु म बस्नेतिरै बस्ने भएकोले तिनीहरु कोठामा फर्किदा कहिलेकाही उनीसग मेरो भेट हुन्थ्यो । मानवता र साथी भएको नाताले गर्दा मैले उनको विवशता र बाध्यताको घाउ कोट्याउने प्रयास गरे, मेरो धेरै प्रयास पछि मात्र उनले आफनो वास्तविकता मेरो सामु यसरी प्रस्तुत गरिन्

मैले गाउकै सरकारी स्कुलबाट एसएलसी पास गरी प्लस टु पढ्नका लागि शहरमा आए । दिदिले स्नातक पढ्दापढ्दै परिवारको इच्छा विपरित आफनो जात नमिल्ने केटासग बिहे गर्नुभयो । त्यसैले गर्दा मैले पनि दिदिले जस्तै गर्छे भन्ने सम्झी बुबाले विवाहको कुरा चलाउनुभयो । एक पटकत कर्म घर जाने नै त हो भन्ने सम्झी आफनो संस्कारका अगाडी लाचार बनी आमाबुबाको चाहाना मैले सर्हष स्विकारे । केहीदिन पछि अनौपचारिक तवरले मलाई हेरेर गएछन् । केहीदीन पछि पाँच जनाको समुह मेरो घरमा आए । दिउसोको समय भएकाले मैले केटालाई राम्ररी देख्ने मौका पाए । केटा हँसिलो, राम्रो र खाइलाग्दो थियो । मलाई केटा ठिकै लाग्यो । अब म भावी जीन्दगीका सपनाहरु कोर्न थाले, दुवै पक्ष सहमतिमा पुगेर विवाहको निर्णय टुङ्गियो । केटा मसग कुरा गर्न भनी छाती फुलाएर मेरो कोठामा पस्यो । मलाई डर लागे जस्तो भयो । कोठामा मेरो साथी पनि थिइन् । कुराकानीका क्रममा मैले पढाइलाई अगाडि बढाउन पाउनुपर्छ भन्ने कुरा राखे उसले पनि मेरो इच्छाको सम्मान गर्ने कुरा बतायो । उसका कतिपय प्रश्नको उत्तर भने मैले नदिएपछि उ उठेर गयो र केटी पनि राम्ररी नदेखेको भन्दै सबैका सामु गुनासो गर्यो । केटा पक्षबाट आएकाले भने लजाउनु केटीको गहना हो । तर केटाले भने घरमा आएका अतिथीलाई पनि नमस्कार गरिनन् भन्दै कड्किएपछि मैले बुबाको आग्रहमा तिनीहरु सामु गएर नमस्कार गरे । मेरो अनुहार र शारीरिक बनावट देखेर सबैले मन पराए ।

आर्थिक अवस्था राम्रो नभएकोले केराको पातमा जल खाएर छोरी दिने बुबाको निर्णयमा केटाले पनि सहमति जनाउदै भन्यो । तपाईकी छोरी नै मेरो जीवनको अमुल्य सम्पत्ति हो । उसको कुरा सुनेर मेरो छाती फुलेर सगरमाथा छोयो । उसको नैतिकता, चरित्र र भावना राम्रो लाग्यो ।
त्यसको पर्सिपल्ट विवाह पनि सम्पन्न भयो । भाउजु र साथी कर्मघरतिर मलाई छोड्न हिँडे । हाम्रो परम्परामा अझै पनि बीच बाटोमा माइतीबाट ल्याएको कोसेली दुलहीको हातबाट मागेर दुलाहाले खाने र ढोगाउने चलन छ । मैले उसलाई सबैको करकापमा मात्र ढोगे । उसलाई अपमान गरेजस्तो लागेछ, त्यो कुरा मलाई अलि पछि थाहा भयो । सुन्दर भविष्यको कल्पना गर्दै परम्परागत रीतिअनुसार म उसको घरमा भित्रिए । अझै पनि हाम्रो चलनमा गाउघरतिर सुत्नुअघि सासु, अमाजु, नन्द लगायत सबैलाई मालिस गरिदिनुपर्ने चलन छ । त्यति मात्र नभई दिनभर जुवातास खेलेर फर्केको श्रीमानलाई दिनभर काम गर्दा थाकेकी श्रीमतीले हातगोडामा मालिस गर्नुपर्ने यो कस्तो बाध्यता । यी सबै कुरा मलाई माइतमा भाउजुले पनि सिकाउनु भएन र त्यस्तो व्यवहार गर्न म चाहँदैनथे । त्यसैले यस्ता कुनै काम मैले गरिनँ ।

उसले मलाई नारी भएर जन्मदैमा नारी भइदैन नारी मर्यादामा बस्न र बाच्न सिक भन्दै हिड्यो । उ विहे गरेको केही दिनमै विदेश गयो । र फोनमा पनि धम्काउदै बुबालाई समेत चरित्रहत्या हुने खालका भन्नुनभन्नु गाली ग्यो । जीन्दगीको नयाँ गोरेटो समाउदै समाजमा प्रचलित नियमभत्रि बाँधिएर नयाँ घर बनाउ भन्दै फोन राख्यो । हाम्रो बुबा पनि पुरानो संस्कृतिभित्र बाँचेको मान्छे भएकोले खानदानी केटो, कुलको पुत्र भन्दै उल्टो मलाई झपार्नु भयो । एकातिर श्रीमानको शब्द अर्कोतिर बुबाको हप्काइले गर्दा म जीन्दगीको भीषण दन्दमा परेँ । देवी दुर्गेले भिमकाय दैत्यलाई नारीझापड खुवाएको साहसिक इतिहास मैले पनि पढेकी थिएँ ।

विवस्थाको बाध्यताको सस्तो मोल तोकिन्छ, आसुलाई आखैले नचिन्ने कस्तो जमाना आयो । मनैबाट मानिसले मानवता नै मेटेछ, सत्यता र कोमलताको घाटीलाई नै रेटिन्छ । उसका अगाडि केही गरेर देखाउछु भन्ने सोची सिन्दुर परेको केही महिनापछि सहरमा आए, र जागिर खोज्ने सिलसिलामा धेरै अफिसहरुमा गए तर जहाँ पनि सोर्सफोर्स, नातावाद, कृपावादलाई प्राथमिकता दिने हुदाँ जागिर पाउन सकिन र अन्त्यमा होटलमा रेष्टुरेन्टमा काम गरे । जुन कामले मलाई आज यो परिवेशमा पु्याई तिनै देवी दुर्गेको अस्मिता बेच्न विवश तुल्यायो ।

आफनो धर्म, संस्कृति, रीतिरिवाज, चालचलन, प्यारो राष्ट्र र समाजलाई उन्नत तुल्याउने क्रममा सार्थक भुमिका खेल्ने गहना हुन् । यिनै गहनालाइ आफनै मौलिकता र परिवेशमा उनेर देश र समाजभित्रका कला संस्कृतिलाई दोसल्ला ओढाउन पाउनु हामी सबैको अहोभाग्य हो । परम्मरागत भाष संस्कृति र संस्कार बिना कुनै पनि सभ्य समाजले आफनो वास्तविक परिचय दिन सक्दैन । त्यस्तै संस्कारका नाउमा कुसंस्कारकालाई बढावा दिदै अतिवादी जडतातिर रुमल्लिनाले पनि राम्रो नतिजा ल्याउदैन । आजको सभ्य र बदलिदो समाजभित्र कतिपय यस्ता झिनामसिना रुढिवादी अवगुणका पनि पक्षहरु छन् जो महिलाहरुको प्रगतिपथमा सधै तगारो बनेर तेर्सिरहन्छन् ।

अझै पनि हाम्रो समाजमा व्याप्त परम्परागत संस्कृतिभित्रका सदगुण र अवगुणहरु केलाउदै धैर्य र संयमताका साथ असललाई आत्मसाथ गर्ने तथगा खराबलाई किनारा लगाउँदै जाने संस्कृतिको विकास भैसकेको छैन । मानव जीवनमा आइपर्ने नारी विरुद्धका अन्याय, अत्याचार, अनैतिकता आदी विविद्य सामाजिक व्यवहारबाट बच्नु र बचाउन आजको सभ्य र आधुनिक समाजभित्रकै दायित्वको कुरा हो ।
धड्कनलाई मुटुले नसुन्ने कस्तो जमाना आयो । जो पुरुषहरु श्रीमतीलाई झुट बोलेर बेलुका नौ नबज्दै रेष्टुरेन्ट छिर्नुहुन्छ । ति पुरुषहरुले हरेक नारीलाई आफनो दिदिबहिनी वा असल साथीको रुपमा हेरिदिए कस्तो हुन्थ्यो होला ।

जब उनको वास्तविक सुने, म नतमस्तक भएँ । मेरो नयनबाट मोतिका थोपाहरु बिनामुल्य झरिरहेका थिए, एकोहोरो टोलाएर उनलाई हेरे । जीन्दगीमा बाचुन्जेल, मान्छेले निभाउनु पर्ने कर्तव्यले गर्दा जस्तोसुकै सम्झौतामा पनि हार्नु पर्दोरहेछ जस्तो लाग्यो । उनलाई मैले त्यो काम छोड्न आग्रह गरे उनले पनि मेरो दिदि र मेरो कुरामा सहमति जनाइन् । तिनलाई अंकल दाईहरुलाई भनसुन गर्न लगाएर सहकारीमा जागिर खोजिदिए ।