काठमाडौं, २३ कात्तिक । संसद सचिवालयको महासचिवबाट राजीनामा दिन मनोहरप्रसाद भट्टराईमाथि मनोवैज्ञानिक दबाब परेको छ ।
कांग्रेस भएपनि संसद सचिवालयको अनुभवी भएका कारण सुवास नेम्वाङले थप चार वर्षका लागि नियुक्त गरेका भट्टराईलाई एमाओवादीले रुचाएको छैन ।
संसद सचिवालयको महासचिव राजनीतिक नियुक्तिको पद भएकाले सभामुखलाई सघाउन उनले राजीनामा दिनुपर्छ भन्ने चाहना एमाओवादीले राखेको साँघु साप्ताहिकले छापेको छ ।
अहिलेको सचिवलायको मुख्य नेतृत्व आफ्नो लागि सहयोगी नभएको एमाओवादी र सभामुख ओनसरी घर्तीको बुझाई रहेको बताइन्छ ।
यद्यपि भद्र स्वभावकी सभामुखले भने यसबारेमा पार्टी नेताहरूलाई पनि केही भनेकी छैनन् । तर उनले आफूलाई सघाउनका लागि कानुनी, राजनीतिक र प्रेस सल्लाहकार नियुक्त गर्ने चाहना व्यक्त गरेकी छिन् ।
पहिलेका सभामुख सुवास नेम्वाङ सबै कुरामा आफै पोख्त भएकाले उनलाई कुनै सल्लाहकार आवश्यक नरहे पनि आफ्ना लागि जरुरी रहेको उनको निष्कर्ष छ ।
यसैबीच ओनसरी घर्ती सभामुख निर्वाचित भए लगत्तै लामो समयदेखि सभामुखको सचिवायमा कार्यरत सबै कर्मचारीलाई हटाइएको छ ।
एमाओवादी निकट कर्मचारीहरूलाई राख्न आफूहरूलाई अपमानजक ढंगले हटाइएको गुनासो पुराना कर्मचारीले गरेका छन् ।
सुवास नेम्वाङ सभामुख हुँदाका उपसचिवदेखि कार्यालय सहयोगलाई समेत त्यहाँबाट खेदिएको छ ।















प्रतिक्रिया