काठमाडौं, २३ कात्तिक । नेपालको पहिलो श्रम गन्तब्य मुलुक साउदी अबर भएको छ ।
श्रम तथा रोजगार मन्त्रालयले फ्रि भिसा र टिकटबाहेकमा कामदार पठाउन नपाइने व्यवस्था गरेपछि साउदी अबर पहिलो श्रम गन्तब्य मुलुक बनेको कान्तिपुर दैनिकले छापेको छ ।
चालू आर्थिक वर्षको ३ महिनामा वैदेशिक रोजगारीका लागि खुल्ला भएका ११० मुलुकमध्ये सबैभन्दा बढी नेपाली कामदार साउदी अरब पुगेका छन् ।
गत आर्थिक वर्षसम्म साउदी, मलेसिया र कतारपछि तेस्रो स्थानमा थियो ।
असोजसम्ममा विदेशिने कादारमध्ये ३२ प्रतिशत साउदी अरब गएका छन् ।















प्रतिक्रिया