६ कार्तिक २०८३, शुक्रबार

नाकाबन्दीपछि बदनाम भारतले ‘रअ’का नेपाल प्रमुख फेर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ranjit-Ray-Indian-Dhotiकाठमाडौं, २३ कात्तिक । नेपाल मालिलामा भारतीय संस्थापन पक्षलाई सधैँ विवादमा पार्ने गरेको खुफिया एजेन्सी रिसर्च एण्ड इनालासिस वीङ (रअ)को नेपाल प्रमुख फेरिएका छन् ।

काठमाडौंस्थित भारतीय राजदूतावासस्थित ‘रअ’को नयाँ हाकिम बनेका छन्, कृष्णा विवेक जोहरी । नेपालीहरूसँग पनि राम्रो सम्बन्ध भएका उनी मध्यप्रदेशका हुन् ।

जोहरी नेपालमा ‘रअ’को सेकेण्डम्यान भएर बसिसकेका तथा नेपालमा भिजेका र बुझेका भारतीय गुप्तचर अधिृकत हुन् ।

सहयोगी र भलादमी स्वभावका सभ्य रअ प्रमुख जोहरी कसैलाई नबिझाउने अधिकृतका रुपमा चिनिन्छन् ।

उनले २०१५ नोभेम्बर ४ तारिखबाट ‘रअ’को नेपालको नयाँ प्रमुखका रुपमा आफ्नो कार्यभार सम्हालेको स्रोतले जनाएको साँघु साप्ताहिकले छापेको छ ।