१ कार्तिक २०८३, शनिबार

मधेसी केन्द्रित दलहरूद्वारा संसदमा हंगामा, सदनको कारबाही अबरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepal
काठमाडौं, २२ कात्तिक । व्यवस्थापिका संसदको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।

आजको बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुका सांसदहरुले हंगामा गरेका छन् । उनीहरुले करिब १५ मिनेट नाराबाजी गरेर आफ्ना माग पुरा गर्न दबाब दिएका हुन् । नाराबाजीपछि सभामुख ओनसरी घर्तीले संसद बैठक सोमबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको घोषणा गर्नुभयो ।

मधेसी मोर्चा आवद्ध सांसदहरुले करिब १५ मिनेट नाराबाजी गरेका थिए । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राइले बोली सकेपछि नाराबाजी सुरु भएको थियो ।