३० आश्विन २०८३, शुक्रबार

नाकाबन्दीले औषधि बोकेका ट्रक रक्सौलमा थन्किाए, अस्पतालमा चरम अभाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raksaul ma Truck Tankar Nakabandiपर्सा, २२ कात्तिक । मधेस केन्द्रित दलले गरेको आन्दोलन तथा भारतले गरेको अघोषित नाकाबन्दीको कारण नेपालका लागि आयात गरिएका तीन सय ट्रकभन्दा बढी औषधि सीमास्थित भारतको रक्सौलमा थन्किएका छन् ।

वीरगन्जको मितेरी पुलमा मोर्चाका नेता कार्यकर्ताले गरेको धर्ना र अघोषित नाकाबन्दीका कारण नेपालका लागि आयात गरिएका तीनसयभन्दा बढी ट्रक औषधि र औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ विगत दुई महिनादेखि सीमाक्षेत्रमा थन्किएको हो ।

युद्धकालीन अवस्थामा समेत उपचार तथा औषधिलाई रोक्न नपाइने अन्तर्रा्ष्ट्रिय कानुन भएपनि सो कानुनलाई उल्लंघन गर्दै भारतले नेपालका लागि आयात गरिएको औषधि रक्सौल नाकामा थन्काई राखेको नेपालका आयातकर्ताले बताएका छन् ।

नेपाल औषधि व्यवसायी महासंघका उपाध्यक्ष प्रकाश खण्डेलवालले भारतको रक्सौल नाकामा नेपालका लागि आयात गरिएका तीनसयभन्दा बढी ट्रक थन्किएको जानकारी दिनुभयो ।

उहाँले थन्किएका ट्रकहरुको रुट परिवर्तन गरी भैरहवा लैजाँदासमेत भारतले आलु प्याज नेपाल भित्रिन दिएपनि अति आवश्यकीय वस्तुको रुपमा रहेको औषधिलाई भारतमै थन्काएको आरोप लगाउनुभयो ।

रक्सौलमा महिनौदेखि थन्किएका औषधि बिग्रने सम्भावना रहेका कारण केही औषधि ट्रकबाट झारेर रक्सौलकै गोदाममा राख्नुपरेको उपाध्यक्ष खन्डेलवालले जानकारी दिनुभयो ।

यस्तै ट्रकमै औषधि राख्दा ट्रकको विलम्ब शुल्क (जरीवाना) तिर्नुपर्ने भएकाले केही औषधि ट्रकबाट खन्याएर रक्सौलमा गोदाम भाडामा लिएर राख्नुपरेको उहाँले बताउनुभयो ।

भारतबाट आयात गरिएका औषधिका कच्चा पदार्थ बोकेका ट्रक सिमापारी नै थन्किएपछि वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका करिब एक दर्जनभन्दा बढी औषधिजन्य उद्योग बन्द हुने अवस्थामा पुगेको उपाध्यक्ष खन्डेलवालले जानकारी दिनुभयो ।

नेपालका लागि आयात गरिएको औषधिलाई नियम कानुन र सम्बन्धसमेतलाई मिचेर भारतले देखाएको दादागिरीबाट अन्तर्राष्ट्रिय क्षेत्रमा भारतमाथि नकारात्मक प्रभाव पार्ने नागरिक समाजका अगुवा डा दीपक शाक्यले बताउनुभयो ।

उहाँले भारतले नेपाललाई असल छिमेकी मान्छ भने उसको सिमाक्षेत्रमा रोकिएका अतिआश्यकीय वस्तु औषधि लगायतलाई यथाशीघ्र नेपाल पठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

करिब तीन महिनादेखिको बन्द हडताल र नाकाबन्दीका कारण दसैँभर औषधिको अभाव हुँदै जाँदा सर्वसाधारणको ज्यान नै जोखिम्मा पर्न थालेको छ ।

नेपालका लागि आवश्यक ६० प्रतिशत औषधि वीरगन्ज नाकाबाटै आयात हुँदै आउने गरेको छ ।