६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री निवास बालुवाटारभित्र नेपाली बोल्न नजान्ने व्यक्तिले किन पैसा बाँडे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oliकाठमाडौं, २२ कात्तिक । प्रधानमन्त्री केपी ओलीले अदृश्य शक्तिले नेपालको स्थिति भड्काइरहेको बताएका छन् । ओलीले अहिलेको स्थिति सिर्जना गर्न पैसा बाँडिएको पनि दाबी गरेका छन् ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नागरिक अगुवाहरूको टोलीसँग शनिबार भएको भेटमा ओलीले प्रधानमन्त्री निर्वाचनमा बालुवाटारबाटै पैसा बाँडिएको दाबी गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

‘हामी कञ्चनजंघा हलमा बसिरहेका थियौँ । प्रधानमन्त्री त्यहीँ आउनुभयो,’ भेटमा सहभागी जनजाति महासंघका उपाध्यक्ष दण्डु शेर्पाले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘कुराकानीका क्रममा उहाँले यो स्थिति सिर्जना गर्न उतापट्टिको रुममा (औँलाले देखाउँदै) बसेर हिन्दीमा बोल्ने, नेपाली बोल्न नजान्नेले सुटकेसका सुटकेस ल्याएर पैसा बाँडे भन्नुभयो ।’

प्रधानमन्त्री ओलीले बाह्य शक्तिले स्थिति प्रतिकूल बनाउन खोजेको पनि बताएका थिए । ‘अदृश्य शक्तिले स्थिति भाँडिरहेको छ,’ ओलीको भनाइ उद्धृत गर्दै शेर्पाले भने, ‘नेपाली जनताभन्दा पनि बाहिरका शक्तिले भाँडेको देखिन्छ ।’ प्रधानमन्त्री ओलीले नयाँ संविधानको पूरै भारतले विरोध नगरेको पनि बताए ।

भारतमा विभिन्न पक्ष रहेको र धेरैजसोले समर्थन गरिरहेको उनको भनाइ थियो ।

‘भारतले विरोध गर्‍यो भनिरहेका छौँ । एउटा भारतले विरोध गरेको छ भनेर पूरै भारत बुझ्न हुन्छ ? बिजेपी भारत छ । कांग्रेस आई भारत छ । ‘र’ भारत छ । कर्मचारी भारत छ । सबैले विरोध गरेका छैनन् । धेरैले समर्थन गरेका छन्,’ भेटमा प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘उहाँको आशय भारतीय जनता पार्टीबाहेकले समर्थन गरेका छन् भन्ने थियो ।’