काठमाडौं, २० कात्तिक । यूएईमा मृत्युदण्ड पाएर कारगारको जीवन बिताई रहेका दार्चुल्ला जिल्ला धारी गाबिसका निर्दोष अम्मर बहादुर बमलाई रिहाई गराउनुका लागि सुदूरपश्चिम सेवा समाज यूएईका महासचिब मान बहादुर केसीले आज राष्ट्रपति, प्रधानमन्त्रीको सचिबालयमार्फत र नवनियुक्त उपप्रधान तथा रक्षा मन्त्री भीमबहादुर रावललाई ज्ञापन पत्र बुझाएका छन् ।
निर्दोष अमरबहादुर बमलाई रिहाई गराउनुका लागि केसीले आँफै प्रतक्ष्य सम्बन्धित मन्त्रालय र निकायहरुलाई ज्ञापनपत्र बुझाउनुका साथै बिबिध कुराको बारेमा जानकारी गराएको बताए । उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा जेनेभामा जारी अन्तर्राष्ट्रिय मानवाधिकार सम्मेलनमा सहभागी हुन पुगेका कारण परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाउन नसकिएको पनि जानकारी दिए ।
ज्ञापन पत्र बुझाएको सबै मन्त्रालय र निकायहरुबाट आफूले सकारात्मक आश्वासन पाएको र अज्ञानतामा परि हाल सम्म मृत्युको दिन पर्खेर जेल जीवन बिताई रहेका निर्दोष अमरबहादुर बमको उद्दार तथा अन्य बिबिध बिषयमा अध्ययन गरी छिट्टै रिहाई गर्नु राष्ट्रिय स्तरबाट नै पहल हुने कुरामा आफू विश्वस्त रहेको उनले जनाए ।















प्रतिक्रिया