जाकार्ता, १८ कात्तिक । इन्डोनेसियाको टिमोर लेस्टेमा बुधबार ६.२ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । तर भूकम्पबाट मानवीय र सपत्ती क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।
इन्डोनेसियाली अधिकारीहरुका अनुसार यो भूकम्प ६.२ रिक्टर स्केलको भएको जानकारी दिएको छ । तर अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले भने यो भूकम्प ६.३ रिक्टर स्केलको भएको बताएको छ ।
सो भूकम्प स्थानीय समयानुसार बुधबार बिहान १०ः४४ मा गएको जनाइएको छ । भूकम्पको केन्द्रविन्दु भने इन्डोनेसियाको पूर्वी नुसा टेङ्गगाराबाट २८ किलोमिटर उत्तरपूर्वमा ८९ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ ।
तर यस भूकम्पबाट मानवीय र सपत्ती क्षतिको कुनै समाचार हालसम्म प्राप्त नभएको इन्डोनेसियाको राष्ट्रिय प्रकोप व्यवस्थापनका निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले सिन्ह्वा समाचार समितिलाई बताएको छ । रासस/सिन्ह्वा















प्रतिक्रिया