१ कार्तिक २०८३, शनिबार

बाबुरामलाई देखाउन एमाओवादी स्थायी समिति बस्दै, सबैलाई कारबाही हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal Dahal Prachandकाठमाडौं, १८ काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी छाडेको घोषणा गरेका नेताहरूका विषयमा के गर्नेबारेमा छलफल गर्न एमाओवादीको स्थायी समिति बैठक बस्दैछ ।

अहिले केही समयपछि अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बस्ने बैठकले पार्टी परित्याग गरेको घोषणा गरेका नेताहरूका विषयमा निर्णय गर्ने स्रोतले जनाएको छ । बैठकले पार्टी परित्याग गरेका नेताहरूलाई अनुशासनको कारबाही गर्ने बुझिएको छ ।

देबेन्द्र पौडेलसहितका तीन दर्जन बढी नेताहरूले एमाओवादी परित्याग गरेको जानकारी पार्टी मुख्यालय पेरिसडाँडालाई जानकारी दिएपछि अध्यक्ष दाहालले बैठक बोलाउनु भएको हो ।

पार्टी परित्याग गरेका नेताहरूले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई सहयोग गर्ने जनाइ सकेका छन् । उनीहरूले नयाँ राजनीतिक दल बनाउने तयारी गरिसकेका छन् ।