– सुदिप निउरे
क्वालालम्पुर । मलेसियास्थित नेपाली राजदूताबासले भूकम्प पीडितको सहयोगार्थ यहाँ संकलित झण्डै ५ करोड ५५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।
पछिल्लो पटक संकलित २ लाख ७० हजार मलेसियन रिंगेट अर्थात ६२ हजार २ सय ६८ अमेरिकी डलर कोषमा जम्मा भएपछि सहयोग रकम ५ करोड ५५ लाख रुपैया पुगेको राजदूताबासद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
गत बैसाख १२ गते नेपालमा गएको महाभूकम्प तथा त्यसपछि आएका पराकम्पनबाट पीडीतहरुको उद्दार, राहत एवं पुनस्थापनाका लागि राजदूतावासले यहाँको एक बैकमा खाता खोली सबैमा सहयोगको लागि आह्वान गरेको थियो । भूकम्प पीडित नेपालीलाई सहयोग गर्ने स्वदेशी तथा बिदेशी नागकि एवं संघ संस्था सबैलाई बिज्ञप्ती मार्फत राजदूत डाक्टर निरंन्जनमान सिंह बस्न्यातले आभार ब्यक्त गरेका छन् ।
यसैगरी फिलिपिन्समा रहेको नेपाली अबैतनिक बाणिज्य दूताबासले त्यहाँ संकलित १० लाख २३ हजार रुपैया प्रधानमन्त्री राहत कोषमा जम्मा गराएको जानकारी दिएको छ ।
















प्रतिक्रिया