३० आश्विन २०८३, शुक्रबार

आफ्नै निर्वाचन क्षेत्रमा यसरी भयो मोदीको ‘बुरा हालत’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-main2काठमाडौं, १६ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका छन् ।

मोदीको निर्वाचन क्षेत्र वाराणसी जिल्लामा भारतीय जनता पार्टीलाई झट्का लागेको हो । जहाँ मोदीका उम्मेदवार रिकू सिंह जयापुर क्षेत्रमा पराजित भएका छन् । रिकूले जिला पञ्चायत सदस्य पदका लागि चुनाव लडेका थिए । यो क्षेत्रमा निर्दलीय उम्मेदवार गुड्डू तिवारी विजयी भएका छन् ।

प्रधानमन्त्रीको संसदीय क्षेत्र वाराणसीमा बीजेपीले ४८ सीटमा जम्मा ८ सीटमा मात्रै जीत हात पारेको छ । बीजेपीले अपेक्षा गरेको ३० सीटमा ८ सीट मात्रै पाएको हो । विश्वमा ठूल्ठूला आर्दशका कुरा गर्ने मोदीले आफ्नो निर्वाचन क्षेत्रमा मुश्किलले १० प्रतिशत जनताको समर्थन पनि पाउन सकेका छैनन् ।

यसैबीच अखिलेस यादव नेतृत्वको समाजवादी पार्टीले बराणसीमा बाजी मारेको छ । उसले ६० प्रतिशत सीट जित्दै प्रथम पार्टीको स्थान बनाएको छ । सोचे अनुसारको परिणाम नआएपछि मोदी तनावमा रहेको भारतीय समाचार संस्था आजतकको अनलाईन संस्करणले टिप्पणी गरेको छ ।

यसअघि अखिलेश यादवले भारतीय सीमाको रक्षा गर्ने नेपाली जनतालाई नाकाबन्दी गरेर दुःख दिएको भन्दै आलोचना गरेका थिए । उनले मोदी हार्ने दाबी समेत गरेका थिए । (एजेन्सीको सहयोगमा)