‘मैले कसैको दवावमा वा आश्वासनमा प्रधानमन्त्री पदमा उम्मेदवारी दिएको होइन’, सभापति कोइरालाले भन्नुभयो, ‘केन्द्रीय कार्यसमितिको निर्णय र तीन शीर्ष नेताहरूलाई दिइएको जिम्मेवारीअनुसार नै प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिएको हुँ ।’ कोइरालाले आफसँग कुनै सदस्यको असन्तुष्टि रहे बैठकमा भन्न सक्नेभन्दै मिडिया र फेसबुकमा जथाभावी लेखेर पार्टीभित्रको आन्तरिक कुरा सार्वजनिक गर्न नपाइने बताउनुभयो । ‘मसँग असन्तुष्टि छ भने बैठकमा कुरा राख्नुस् । जे भन्न मन लाग्छ भन्नुस्’, उहाँले भन्नुभयो, ‘तर फेसबुकमा जथाभावी लेख्ने, मिडियामा जथाभावी बोल्ने कार्यले पार्टीभित्रको अनुशासन कायम हुँदैन । नेताले आफ्नो जिम्मेवारी आफै बझ्नु पर्छ ।’
















प्रतिक्रिया