– विजय थापा
वाशिंगटन डिसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बराक ओबामाले नेपाली चेलीलाई चिठ्ठी लेखेका छन् ।
अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यको सिल्भर स्प्रिङ्ग्समा बसोबास गर्दै आएकी नेपाली मुलकी ३ कक्षाकी ९ बर्षीय बिद्यार्थी साम्राज्ञी ढकाललाई अमेरिकाका राष्ट्रपति ओबामाले पत्राचार गर्दै उनले गरेको कामको प्रशंसा गरेका हुन् ।
ओबामाले म्यारिल्याण्ड मन्टगोमेरी काउन्टीकी ३ कक्षाकी ढकाललाई ‘प्रत्येक दिन आफू युवा अमेरिकन जसले आफ्नो क्षमता पहिचान गरि सकारात्मक परिवर्तन ल्याउँदछ त्यो साहसी र प्रेरक कार्यहरूले आफू उत्प्रेरित हुन्छु’ भन्ने सन्देश चिठ्ठीमा उल्लेख गरेका छन् ।
राष्ट्रपति ओबामाले साम्राज्ञी ढकाललाई तिमी जस्तै युवा भोलिका नेतृत्व हौ । र तिमीले मलाई भबिष्यको लागि ठूलो आशा दिएको पत्रमा उल्लेख गर्दै ९ बर्षीय बालिकालाई सफलताको कामना गरेका छन् ।
स्थाई आवासीय पत्र (ग्रिन कार्ड) प्राप्त गरेकी बालिका ढकालले भूकम्प पीडितहरुको लागि व्यक्तिगत रुपमा र आफू अध्ययनरत बिद्यालयबाट चन्दा संकलन गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिईन ।
उनले स्वयम अमेरिकी राष्ट्रपति ओबामालाई पत्राचार गरेकी थिइन् भने गत अक्टोबर २१ तारिखमा उनलाई बराक ओबामाले पत्राचारको साथमा आफू, प्रथम महिला मिसल ओबामा तथा छोरीहरुको पारिवारिक सामुहिक तस्बिरसहित उपहार पठाएका थिए ।
साम्राज्ञी ढकालले नेपालमा भूकम्पमा आफन्तहरु कसरी बाच्न सफल भए र कसरी उनीहरु घरबार बिहिन भएभनि आफ्ना बिद्यालयका साथीहरुलाई वृतान्त सुनाएपछि वाशिंगटन पोस्ट, सीएनएन तथा अन्य स्थानीय संचार माध्यममा उनी छाएकी थिइन । साढे चार बर्षमा नेपालबाट अमेरिका आएकी साम्राज्ञी ढकाल भर्खर ४ कक्षामा पुगेकी उनका पिता हेम ढकालले बताए ।




















प्रतिक्रिया