२९ आश्विन २०८३, बिहिबार

फेसबुक स्टाटसले यसरी लियो युवतीको ज्यान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Womenएजेन्सी । प्रविधिको विकाससँगै आएको सामाजिक सञ्जाल फेसबुकले एक युवतीको ज्यान लिएको छ ।

मुम्बईको मीरा रोड इलाकामा एक युवतीले फेसबुककै कारण ज्यान गुमाएकी हुन् । फेसबुकमा आफूविरुद्ध लेखिएको कमेन्ट सहन नसकेर उनले आत्महत्या गरेकी हुन् । आज भन्दा ९ दिन पहिला मुम्बईको सा‘लिटायर सोसाइटीको छतबाट हाम फालेर ती युवतीले आत्महत्या गरेकी हुन् ।

ती युवतीको फेसबुक प्रोफाइलमा आएका जथाभावी कमेन्टलाई सहन नसकेर उनी आत्महत्या गर्न बाध्य भएकी हुन् । कमेन्ट गरेर आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले कौशल देव मुरारी नामका एक युवकलाई पक्राउ गरेको छ । मुम्बईमै बस्दै आएका १९ वर्षीय कौशलमाथि आरोप छ कि मृतक युवतीको फेसबुक प्रोफाइलमा उनी जथाभावी कमेन्ट गर्थे ।

मृतक युवतीका परिवारका सदस्य भन्छन्– ‘हामीहरुले पहिला पनि आरोपी कौशल देव मुरारीविरुद्ध प्रहरी चौकीमा फेसबुकबाट जिस्काएको आरोपमा मुद्दा दर्ता गरेका थियौं । त्यसपछि कौशलका आमा बुबालाई चौकीमा ल्याएर सम्झाएर पठाइएको थियो । तर फेरि पनि जिस्क्याउन थालेपछि हामीले छोरी गुमायौं ।’

fb mumआरोपी कौशल देव मुरारीलाई कडा भन्दा कडा सजायँ दिन पीडित परिवारले माग गरेका छन् । उनीहरुले भविष्यमा सामाजिक सञ्जाल फेसबुकमा कुनै पनि युवकले युवतीमाथि यस्तो हर्कत नगर्ने सन्देश दिन पनि प्रहरी प्रशासनसँग आग्रह गरेका छन् ।